२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वर्तमान अबस्थामा मानव अधिकारको अबस्था विषयमा विचार गोष्ठि मँगलसेनमा सम्पन्न

२५ मंसिर २०७२, शुक्रबार ०२:११

कमल रावल/मङ्सिर २५, अछाम । अन्तरास्ट्रिय मानव अधिकार दिवसको अबसरमा वर्तमान अबस्थामा मानव अधिकारको अबस्था विषयमा विचार गोष्ठि मँगलसेनमा सम्पन्न भएको छ ।

ऐमनेष्टि ईन्टरनेशनल नेपाल २८ शाखा अछामले विचार गोष्ठिको आयोजना गरेको हो । शाखाका अध्यक्ष मदन कुवरको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोबिन्द बहादुर शाह प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती शाहले बर्तमान सरकारले मानव अधिकारको रक्षाका लागि लागि पर्नु पर्ने बताउनु भएको थियो । अझै पनि कतियप मानवको गाँस, बाँस र कपासको ग्यारेण्डी हुन नसकाले दिवस मनाएर मात्र दिवस सफल नहुने उहाँको भनाई रहेको थियो ।

अहिले भारतीय नाकाबन्दीका कारण दैनिक उपभोग्यका सामाग्री आपुर्ती नहुदा नेपालि जनताको मानवअधिकारको उलघन भएको भन्दै विषयलाई अन्तरास्ट्रिय करण गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य विष्णु खडका, नागरिक समाज अछामका अध्यक्ष छत्र बिष्ट, रेडियो रामारोशनको निर्देशक राजेन्द्र कुवर, युवा सञ्जाल अछामका उपाध्यक्ष बम बहादुर स्वार, अनेरास्वीयु अछामका जिल्ला सचिव देविराम जै्रसि लगाएतले बिचार राख्नु भएको थियो ।

कार्यक्रममा सहभागि सबैलाई शकर रावलले स्वागत गर्नु भएको हो । यस्तै अन्तरास्ट्रिय मानव अधिकार दिवसको अबसरमा जाल्पादेवि उच्च मावि ढाकुमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक जनक बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख भरत बिष्ट प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रममा सहभागि सबैलाई मानव अधिकारका बारेमा जानकारी गराईएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ