अनिल अधिकारी / मनोज पराजुली | साउन ३१, काठमाडौँ |  बैदेशिक रोजगारीको ठगिको पहिलो सुरुवात बैदेशिक रोजगार बिभागबाटै सुरु हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर यसको सुक्ष्म अध्ययन गर्ने हो भने स्पष्ट थाहा हुन्छ कि ठगि गर्नेलाई बिभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिल अधिकारी / मनोज पराजुली | साउन ३१, काठमाडौँ |  बैदेशिक रोजगारीको ठगिको पहिलो सुरुवात बैदेशिक रोजगार बिभागबाटै सुरु हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर यसको सुक्ष्म अध्ययन गर्ने हो भने स्पष्ट थाहा हुन्छ कि ठगि गर्नेलाई बिभ"/>
2026-07-26 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारमा हुने ठगिको सुरुवात बिभागबाटै (बिशेष खोज)

अनिल अधिकारी / मनोज पराजुली | साउन ३१, काठमाडौँ |  बैदेशिक रोजगारीको ठगिको पहिलो सुरुवात बैदेशिक रोजगार बिभागबाटै सुरु हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर यसको सुक्ष्म अध्ययन गर्ने हो भने स्पष्ट थाहा हुन्छ कि ठगि गर्नेलाई बिभागबाटै छुट दिने गरिन्छ |

कामदारलाई जसरी हुन्छ बाध्यतामा पारेर बिभिन्न तरिकाले लुट्ने बानी परेका म्यानपावर कम्पनीसंगै बिभागको समेत मिलिमतो हुनु सामान्य जस्तै बनेको छ | बिभागले म्यानपावरलाई ठग्न सहज बनाउने गरि धेरै प्वालहरु राखेको छ जसमा छिरेर म्यानपावरहरुले ठग्दै आएका छन् | भन्दा 'शुन्य लागत' भनिन्छ तर 'शुन्य लागत'मा कसले विदेश पठाउँछ, भन्ने कुरा बिभागलाई नै पत्तो छैन | त्यसो त कुनै कामदारले समस्यामा परेपछि म्यानपावर बिरुद्ध मुद्धा हाल्छ तर बिभागले कामदारसँग पैसा तिरेको प्रमाण देखाउन भन्छ | अब कामदारसँग उक्त प्रमाण हुँदैन, किनकी म्यानपावरले एउटा निश्चितको रकमको रसिद दिएर कामदारसँग मोटो रकम अशुलेका हुन्छन् | 

बैदेशिक रोजगारमा भएको यो स्पष्ट बेथिति हरेक बैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित निकायहरुलाई थाहा छ तर कुनैपनि निकाय यस बिषयमा तदारुकता देखाउन चाहँदैनन् | त्यसैले यस बिषयले पनि के स्पष्ट पार्छ भने ठगिको पहिलो सुरुवातनै बिभागबाट हुन्छ |   

यसै बिषयमा अझै स्पष्ट पार्न हामीले एउटा घटनाको सुक्ष्म अध्ययन गरेका छौं | यो एउटा प्रतिनिधि घटना मात्र हो |   

वेवसाइटमा सूचना अपडेट गरिदैन 

बैदेशिक रोजगार बिभागले सार्वजनिक रुपमा सर्वसाधारणले देख्नेगरि वेबसाइट अध्याबधिक नगर्नु आफैमा शंकास्पद कुरा हो | सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ५ (३) मबोजिम हरेक सरकारी कार्यालयले ३/३ महिनामा सार्वजनिक महत्वको सूचना सार्वजनिक गर्नुपर्ने हुन्छ तर बिभागको आधिकारिक वेबसाइटमा दुई बर्ष अघिको निर्णय अनुसार खाडी सहित ७ राष्ट्रमा फ्री भिषा/फ्री टिकटको ब्यबस्था अनुसारको कुनै विवरण अपडेट गरेको देखिंदैन | विभागले फ्री गरिएका ७ देश सहित ११० श्रम गन्तब्य मुलुकमा जान कति खर्च लाग्छ, विवरण राखेको छैन | यसका साथै बिभागनै यो बिषयमा जानाकार छैन | यही बिषयमा सर्वसाधारणलाई आवश्यक जानकारी नदिंदा त्यसको प्रत्यक्ष फाइदा म्यानपावर कम्पनीहरुले लिईरहेका छन् | साझा सबाल मिडियाले यस बिषयमा पटक-पटक बिभागमा जानकारी गराउँदा बिभागले आलटाल गर्ने गरेको छ | यस बिषयमा बैदेशिक रोजगारसँग सम्बन्धित बिभिन्न निकाय समेत मौन छन् | 

यसरी फस्छन् सर्वसाधारण ? 

गत साउन १८ गते बैदेशिक रोजगार बिभागमा पुग्दा अल्जेरियाबाट २५ दिनमै नेपाल फर्किएका ५ जना नेपालीहरुलाई हामीले भेट्यौं | उनीहरु सहित २१ जनालाई प्रतिज्ञा म्यानेजमेन्ट सर्भिसले प्रतिव्यक्ति २ लाख ५० हजारदेखि ३ लाखसम्म लिएर अल्जेरिया पठाएको रहेछ | अल्जेरियामा कम्पनीले तलब नदिने वा दिए पनि ढिला दिने र तलब अनुसारको पैसा नेपाल नआइपुग्ने थाहा पाएपछी उनीहरु काममा गएनन् | यही समस्याको कारण २१ दिनपछि उनीहरुलाई म्यानपावरले नेपाल फिर्ता गरायो तर उठाएको रकम फिर्ता दिएन | उनीहरुले म्यानपावर बिरुद्ध बैदेशिक रोजगार बिभागमा उजुरी दिए | बिभागले भने पैसा बुझाएको प्रमाण नभएको भन्दै उनीहरुलाई जवर्जस्ती मेलमिलाप गराएर १/१ लाख रुपयाँ फिर्ता गरायो |

बिभागमा उजुरी गर्ने मध्येका एक थिए, काभ्रेका मानध्वज तामाङ | तामाङसंग म्यानपावरलाई २ लाख ७५ हजार तिरेको बैंक भौचर सुरक्षित छ | तर उनले पनि म्यानपावर र बिभागको मानसिक दवाबमा परेर १ लाखमै चित्त बुझाउनु परेको छ | बिभागले मुद्धामा जानुपर्ने र धेरै समय लाग्न सक्ने भन्दै मानसिक दवाब दिएपछी उनले बाध्य भएर १ लाखमै चित्त बुझाएको बताए | 

तामाङको अनुसार म्यानपावरले बिभिन्न बहानाबाजी गरेर उनीहरुकै दोष देखाइ नेपाल फर्काएको थियो | म्यानपावरले बिभागमा समेत कामदार फर्किनुमा कामदारकै दोष भएको आरोप लगाएको देखिन्छ तर कामदार विदेश जाँदा पैसा तिरेको प्रमाण माग्ने बिभागले म्यानपावरसँग कामदार फर्काउनुको कारणको प्रमाण माग्ने आँट गर्दैन | यदी प्रमाण नै देखाएपनि म्यानपावर र सम्बन्धित कम्पनीको मिलिमतोको कारण कामदारलाई नै दोषी देखाईन्छ | 

हामीले समस्यामा परेर फर्किएको कम्पनी बास्तवमा कस्तो थियो भन्ने बुझ्ने प्रयास गर्यौं | यसै सन्दर्भमा हामीले दुईवटा प्रमाण फेला पार्यौं – जसमा अल्जेरियाको कम्पनिनै दोषी देखिन्छ |  

सोहि कम्पनीमा ११ महिनासम्म काम गरेर फर्किएका स्यांग्जाका पदम गुरुङका अनुसार अल्जेरियाको उक्त कम्पनिमा नेपालीलाई समस्या छ | गुरुङले आफुले कमाएको तलब सिधा नेपाल पठाउन नमिल्ने पहिलो समस्या रहेको बताए | त्यस्तै अल्जेरियाबाट सिधै नेपाल पठाउन नमिल्ने भएपछी कम्पनीले टर्कीबाट तलब पठाउने गरेकोमा भनेको समयमा पैसा नपठाईदिने र पठाए पनि तलब भन्दा कम पठाउने गरेको बताए | ग्लोबल अर्बिट म्यानपावरबाट अल्जेरिया गएका उनलाई मासिक तीन सय डलर सम्झौतामा २ लाख ५० हजार लिएर पठाइएको भएपनि उनले ११ महिनामा जम्मा १ लाख ५० हजार पाएको गुनाशो गरे | उनले साझा सबाललाई बताए – 'म्यानपावरले भने अनुसार कम्पनी, खाना र तलब केहिपनि नपाएपछी ११ महिनामा फर्किनु पर्यो' | 

हामीले यही बिषयमा ग्लोबल अर्बिट म्यानपावरलाई फोन गर्दा उक्त कम्पनीमा समस्या देखिएकै कारण आफुले कामदार पठाउन छाडेको स्पष्ट पार्यो | यसरी हेर्दा त्यहाँको कम्पनीमा समस्या देखेपछी ग्लोबल अर्बिटले कामदार पठाउन छाडेको देखिन्छ भने प्रतिज्ञा म्यानेजमेन्टले सोहि समस्याग्रस्त कम्पनीमा थप नेपालीलाई पठाएको स्पष्ट छ | 

यो घटनामा बैदेशिक रोजगार बिभागले के गर्यो ? 

अल्जेरियाको कम्पनीबाट फर्किएर आएका मानध्वज तामाङसँग म्यानपावरलाई बुझाएको दुइ छुट्टा-छुट्टै रसिद छन् | म्यानपावरले यतिसम्म खेल खेलेर उक्त पैसा बुझेको छ कि व्यक्तिगत रुपमा म्यानपावरका एक जना कर्मचारी श्रीराम अर्यालको नामबाट छुट्टा-छुट्टै रकम लिएको देखिन्छ | अर्यालले पहिलो पटक २ लाख र अर्को पटक ५० हजार लिएको देखिन्छ | त्यस्तै तामाङले म्यानपावरकि रिसेप्सन दुर्गा थापाको नाममा थप २५ हजार पठाएका छन् | यसरी कुल २ लाख ७५ हजार म्यानपावरलाई तिरेका तामाङलाई (प्रमाण तल हेर्नुहोस) समेत म्यानपावर र बिभागको दवाबमा मेलमिलाप गराई १ लाख मात्र क्षत्तिपूर्ति दिएको देखिन्छ | 

क्रमश: २ लाख, ५० हजार र २५ हजारको रसिद | 


यसरी स्पष्ट रुपमा प्रमाण हुनेले त बैदेशिक रोजगार बिभागबाट न्याय पाउने छनक देखिंदैन भने बिभागले प्रमाणनै नहुनेलाई कस्तो न्याय दिन्छ ? मानध्वज तामाङको प्रमाणको आधारलाई हेर्ने हो भने म्यानपावरले तामाङसंगै विदेश जाने र समस्यामा फसेका सबैसँग २ लाखभन्दा बढी अशुल गरेको स्पष्ट छ तर बिभागले भने पिडितलाई न्याय दिएर दोषीलाई कारबाही गर्न उचित ठानेन |

बैदेशिक रोजगार बिभागको अनुसार अल्जेरिया जानको लागि ८० हजार मात्र लिन पाउने ब्यबस्था छ तर म्यानपावरले प्रति कामदार २१ जनाबाट २ लाख ५० हजारभन्दा बढी अशुल गरेको छ | यसरी हेर्दा म्यानपावरलाई कामदार समस्यामा परे पनि कुनै घाटा नहुने गरि बिभागले कामकारबाही गरेको स्पष्ट देखिन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ