2026-08-07 09:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ | राज्य व्यवस्था समितिका सदस्यले निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा जोड दिनुभएको छ ।

समितको आजको बैठकमा उहाँहरुले विधेयकमा ‘निजामति कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभइ कुनै पनि संवैधानिक वा अन्य सार्वजनिक पदमा नियुक्त नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको हो ।

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सङ्घीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ लाई समितिले पारित गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सो विधेयकको अन्तिम मस्यौदा प्रतिवेदनमाथिको छलफलमा उहाँले भन्नुभयो, “विधेयकमा अब उमेरको हदबन्दी र कुलिङ पिरियडको विषयमा पनि तपाईहरुले सहमति गर्नुपर्छ, किनभने हामीले विगतलाई हेर्ने हो भने सहमतिमा नै निर्णय गरेका छौँ ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डले सो व्यवस्थालाई कम्तीमा दुई वर्ष राख्नुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य पदम पगरीले विधेयकमा अन्तर प्रदेश सरकारको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी सांसद बुद्धिमान तामाङले विधेयकमा कर्मचारी ट्रेड युनियन खोल्न पाउने व्यवस्था राख्न नहुनेमा जोड दिनुभयो ।

समितिका अर्का सदस्य चित्रबहादुर केसीले आफ्नो कार्यालय समयभन्दा बाहेकको समयमा अध्यापन गराउन पाउनुपर्ने व्यवस्था गर्नुुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विधेयकमा ‘उमेर हदको सवालमा ऐन प्रारम्भ भएको आर्थिक वर्षमा ५८ वर्ष, दोस्रो आर्थिक वर्षको ६ महिनासम्म ५८ वर्ष ६ महिना, सो भन्दामाथिको अवधि समाप्त भएपछिको एक वर्षसम्म ५९ वर्ष ६ महिना र त्यसभन्दा माथिको सबै अवधि समाप्त भएपछिको ६ महिनासम्ममा ६० वर्ष’ को व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा चार विधेयक पेस विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ ‘नेपाली सेनाबाहेक कसैलाई सेनाको नाममा गतिविधि गर्न नदिइयोस्’ : हर्कराज राई राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट ३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस्: खुश्बु ओली नेपालको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन: सांसद राना हिन्दु राष्ट्र पुनर्स्थापनाको प्रतिबद्धतामा आशावादी छौँ : खुस्बु ओली प्रधानमन्त्रीदेखि सांसदसम्म अराजक व्यवहार देखियो : गगन थापा राष्ट्रियसभा बैठक स्थगित, साउन २७ गते बस्ने संसद्‍मा आज पनि विपक्षीको विरोध बीपीको जन्मघरका लागि छुट्याइएको २ करोड बजेट शेखर कोइरालाद्वारा अस्वीकार स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु शुक्रबार सुनचाँदीको मूल्य बढ्यो टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न