कमल रावल/ मसिर २९, अछाम । बाजुरा जिल्लाको रिठा बजार देखि अछामको ठाँटी गाबिस सम्म जोडिने ग्रामिण सडकको काम सुचारुका लागि एक बर्ष पछि सम्झौता भएको छ । यस अघि गत बर्ष नै बाजुरा जिल्लाको बारबिस गाबिस वडा नम्बर २ का स्थानियले आफनो जग्गाको उचित मुआब्जा र खेतीको क्षतिपुर्ति नपाए पछी सडक निर्माण कार्यलाई ठप्प पारेका थिए ।
अछामको ठाँटी गाबिसको आर्थिक बर्ष २०७२।०७३ को गाउ परिषदबाट मुआब्जा र खेतीको क्षतिपुर्ति दिने सम्झौता पाए पछि काम बढाउने बारबिस गाबिस सचिव केशव राज पुरिले बताउनु भयो । रिठा बजार देखि ठाँटी गाबिस सम्म करि ३५ किलोमिटर सडक सर्बे भएपनि विवादका कारण ५ किलोमिटर निर्माण भएको समितीका अध्यक्ष बुद्धी सिह बुढाले बताउनु भयो ।
यसरी लामो समय सम्म विवाद भएपछि गत बर्ष नै सडकको १० लाख रकम फ्रिज गएको उहाँको भनाई छ । यस बर्ष ठाटीको सडक निर्माणका लागि १४ लाख रकम प्राप्त भएकाले काम छिट्टै अघि बढाने उहाँले बताउनु भयो । बारबिस गाबिसमा भएको सर्वपक्षिय भेलामा गाबिस सचिव केशव राज पुरी, पुर्व जिविस सदस्य हेमराज शाह, एमाले बाजुरा जिल्ला कमिटी सदस्य राम बहादुर वानिया लगाएतको सहभागिता रहेको पत्रकार लाल बहादुर चदाराले जानकारी दिनु भयो ।