२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अखिल क्रान्तिकारी अछामले २ महिने शैक्षीक तथा साँगठनीक जागरण अभियान चलाँउने

२०७२, २९ मंसिर मंगलवार ०९:५९

मंसिर २९, अछाम । एकिकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी जिल्ला कमिटी अछामको बैठक बिभिन्न निर्णय गर्दै सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष एबं केन्द्रिय सदस्य मदन कुमार भुलको अध्यक्षतामा भएको बैठकले जिल्ला अध्यक्ष भुललाई सेती महाँकालीवाट केन्द्रिय सदस्य जस्तो गरीमामय पदमा निर्वाचित भएकोमा बधाई तथा कार्यकाल सफलताको कामना ब्याक्त गरेको छ ।

बैठकले अछाम जिल्लामा २ महिने शैक्षीक तथा साँगठनीक जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै माघ महिनाभित्र हुने संगठनको ११ औं जिल्ला अधिवेशनका लागि जिल्ला अध्यक्ष रोशनको संयोजकत्वमा ३१ सदस्यिय अधिवेशन आयोजक समिती गठन गरेको छ । जसमा क्षेत्रनम्वर १ मा गम्भिर साउदको संयोजकत्वमा र क्षेत्रनम्वर २ मा नितेश रिमालको संयोजकत्वमा टोली परिचालन गरीने भएको छ । बैठकले नरेन्द्र साउदको संयोजकत्वमा समन्वय तथा सम्पर्क र संगठन टोली गठन गरेको छ ।

बैठकवाट सामुदायिक बिद्यालयको शैक्षीक गुणस्तर बृद्धिका लागि मावि र उच्च मावि तहमा संयुक्त बिद्यार्थि संगठन गठन गर्न पहल गर्ने र त्यसका लागि अन्य संगठनहरु संग पनि समन्वय गर्ने जनाईएको छ । संगठनको मुखपत्र अखिल आवाजको दोस्रो अंकको प्रकाशनका लागि तयारीमा जुट्ने पनि बैठकवाट निर्णय भएको छ ।

जिल्लाको विकास निर्माणमा हुने गरेको ढिलासुस्ति, भ्रष्टाचार, कालोबजारी, अनियमिततालाई नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाँउने, शैक्षीक क्षेत्रमा हुने राजनीतिकरणको अन्त्य गरी आवस्यकताका आधारमा शैक्षीक क्षेत्रमा लगानी गर्न दवाव श्रृजन ागर्ने उद्देश्य सहित जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाँउने र नयाँ शिक्षा नीति लागु गर्न शिक्षा मन्त्रलायलाई दवाव दिन ज्ञापनपत्र बुझाँउने निर्णय गरिएको छ । बैठकमा एकिकृत नेकपा माओवादीका जिलला सचिवालय सदस्य तथा बिद्यार्थि फ्याक्सन ईञ्चार्ज गोविन्द साउद प्रमुख अतिथी रहनु भएको थियो ।

प्रमुख अतिथी साउदले अखिल क्रान्तिकारी वर्ग संघर्षको ईतीहाँस बोकेको संगठन भएकोले रचनात्मक र श्रृजनात्मक कार्य गर्न आग्रह गर्नुभयो । अखिल क्रान्तिकारीको अन्य संगठनको भन्दा फरक ईतीहाँस भएकोले शैक्षीक गुणस्तर र सुधारका सवालमा पनि सबैभन्दा फरक ढंगले अगि बढ्नुपर्ने भनाई राख्नु भयो । बैठकका अन्य अतिथीहरुमा एकिकृत माओवादीका जिल्ला सदस्य तथा क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष नरेन्द्र रावल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिवालय सदस्य हरी रावल, लगायतका अतिथी रहनु भएको थियो । कार्यक्रमका अतिथी लगायत सहभागि सम्पूर्ण संगठनका पदाधिकारीहरुले जिल्ला अध्यक्ष मदन कुमार भुलको कामको प्रशंसा गर्दै केन्द्रिय सदस्य निर्वाचित भएकोप्रति बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । संगठनका सहसचिव पूर्ण रावलको स्वागत मन्तब्यवाट सुरु भएको बैठकको सञ्चालन अर्का सहसचिव नरेन्द्र साउदले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल