३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अखिल क्रान्तिकारी अछामले २ महिने शैक्षीक तथा साँगठनीक जागरण अभियान चलाँउने

२९ मंसिर २०७२, मंगलवार ०९:५९

मंसिर २९, अछाम । एकिकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी जिल्ला कमिटी अछामको बैठक बिभिन्न निर्णय गर्दै सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष एबं केन्द्रिय सदस्य मदन कुमार भुलको अध्यक्षतामा भएको बैठकले जिल्ला अध्यक्ष भुललाई सेती महाँकालीवाट केन्द्रिय सदस्य जस्तो गरीमामय पदमा निर्वाचित भएकोमा बधाई तथा कार्यकाल सफलताको कामना ब्याक्त गरेको छ ।

बैठकले अछाम जिल्लामा २ महिने शैक्षीक तथा साँगठनीक जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै माघ महिनाभित्र हुने संगठनको ११ औं जिल्ला अधिवेशनका लागि जिल्ला अध्यक्ष रोशनको संयोजकत्वमा ३१ सदस्यिय अधिवेशन आयोजक समिती गठन गरेको छ । जसमा क्षेत्रनम्वर १ मा गम्भिर साउदको संयोजकत्वमा र क्षेत्रनम्वर २ मा नितेश रिमालको संयोजकत्वमा टोली परिचालन गरीने भएको छ । बैठकले नरेन्द्र साउदको संयोजकत्वमा समन्वय तथा सम्पर्क र संगठन टोली गठन गरेको छ ।

बैठकवाट सामुदायिक बिद्यालयको शैक्षीक गुणस्तर बृद्धिका लागि मावि र उच्च मावि तहमा संयुक्त बिद्यार्थि संगठन गठन गर्न पहल गर्ने र त्यसका लागि अन्य संगठनहरु संग पनि समन्वय गर्ने जनाईएको छ । संगठनको मुखपत्र अखिल आवाजको दोस्रो अंकको प्रकाशनका लागि तयारीमा जुट्ने पनि बैठकवाट निर्णय भएको छ ।

जिल्लाको विकास निर्माणमा हुने गरेको ढिलासुस्ति, भ्रष्टाचार, कालोबजारी, अनियमिततालाई नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाँउने, शैक्षीक क्षेत्रमा हुने राजनीतिकरणको अन्त्य गरी आवस्यकताका आधारमा शैक्षीक क्षेत्रमा लगानी गर्न दवाव श्रृजन ागर्ने उद्देश्य सहित जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाँउने र नयाँ शिक्षा नीति लागु गर्न शिक्षा मन्त्रलायलाई दवाव दिन ज्ञापनपत्र बुझाँउने निर्णय गरिएको छ । बैठकमा एकिकृत नेकपा माओवादीका जिलला सचिवालय सदस्य तथा बिद्यार्थि फ्याक्सन ईञ्चार्ज गोविन्द साउद प्रमुख अतिथी रहनु भएको थियो ।

प्रमुख अतिथी साउदले अखिल क्रान्तिकारी वर्ग संघर्षको ईतीहाँस बोकेको संगठन भएकोले रचनात्मक र श्रृजनात्मक कार्य गर्न आग्रह गर्नुभयो । अखिल क्रान्तिकारीको अन्य संगठनको भन्दा फरक ईतीहाँस भएकोले शैक्षीक गुणस्तर र सुधारका सवालमा पनि सबैभन्दा फरक ढंगले अगि बढ्नुपर्ने भनाई राख्नु भयो । बैठकका अन्य अतिथीहरुमा एकिकृत माओवादीका जिल्ला सदस्य तथा क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष नरेन्द्र रावल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिवालय सदस्य हरी रावल, लगायतका अतिथी रहनु भएको थियो । कार्यक्रमका अतिथी लगायत सहभागि सम्पूर्ण संगठनका पदाधिकारीहरुले जिल्ला अध्यक्ष मदन कुमार भुलको कामको प्रशंसा गर्दै केन्द्रिय सदस्य निर्वाचित भएकोप्रति बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । संगठनका सहसचिव पूर्ण रावलको स्वागत मन्तब्यवाट सुरु भएको बैठकको सञ्चालन अर्का सहसचिव नरेन्द्र साउदले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो