2026-10-14 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रेडियो रामारोशन ९ औँ बर्षमा प्रबेश

fmकमल रावल,/ पुस २ अछाम । सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन आठौँ बर्ष पुरा गरि ९ औँ बर्षमा प्रबेश गरेको छ । २०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ साविकको जनालिवण्डाली गाबिसको वडा नम्बर १ ठुलासैन बाट औपचारिक रुपमा आफनो प्रशारण आरम्भ गरेको थियो । समुदायको हीतका लागि शिक्षा, स्वास्थ्य, शुसाशन, बिकास, कृषि, खेलकुद, गरिवि निवारण, वन वातावरण, धार्मिक, सँस्कृति पर्यटन लगाएतका क्षेत्रमा आवाज उठाउदै आएको छ ।

रेडियो रामारोशनले जिल्लाको परिवर्तनमा आफनो पहिचान बनाउन सफल भएको रेडियो रामारोशन सञ्चालक समितीले जनाएको छ । महिला, दलित, पछाडी परेका समुदायको पक्षमा निरन्तर वकालत गर्दै समावेशि कार्यक्रम प्रशारण गर्दै आएको रेडियो रामारोशनले पुन थप समावेशि कार्यक्रमका साथ आफनो आगामि योजनालाई निरन्तरता दिने ब्यावस्थापन पक्षले जनाएको छ । यहाँ सम्मको यात्रामा साथ दिने सम्पुर्ण कर्मचारी, स्रोता, विज्ञापनदाता, कार्यक्रम प्रायोजक र सहयोग गर्ने सुवेच्छुकहरुलाई धन्यवाद दिदै सञ्चालक समिती अध्यक्ष एकिन्द्र कुमार कुवरले रेडियो रामारोशनले पछाडी परेका वर्ग र समुदायको मुद्धालाई उठाएकाले सुदुरपश्चिममै छुट्टै पहिचानका साथ ८ बर्ष पुरा गरेको बताउनु भयो ।

अछाम जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा, पुर्ण खोप युक्त जिल्ला घोषणा गर्न महत्वपुर्ण योगदान गरेको रेडियो रामारोशनले आगामि दिनमा छाउपडी गोठमुक्त, पुर्ण साक्षर, वाल विबाह मुक्त, जातिय तथा भेदभाव मुक्त जिल्ला घोषणा गर्नलाई सफल पार्नका लागि सरोकारवाला सँगको सहकार्य लाई अघि सारेको रेडियोका कार्यकारी निर्देशक बेदप्रकाश तिमिल्सैनाले बताउनु भयो । ८ बर्ष अघि भाषा कला, सस्कृती र सुचना, मनोरञ्जन दिने उद्देश्यले स्थापना भएको रेडियो रामारोशनले २०७० सालमा सुदुरश्चिममै शिक्षाको क्षेत्रमा अग्रणी भुमिका खेलेको भन्दै शिक्षा पुरुस्कार बाट समेत सम्मानित भएको थियो भने २०७० मै खेलकुदको क्षेत्रमा जिल्लामै पहिलो पटक भएको जिल्ला स्तरिण क्रिकेटको उपाधि समेत आफनो पक्षमा पार्दै नाम राख्न सफल भएको थियो ।

fm1

हाल रेडियो रामारोशनलाई अछाम जिल्ला स्थित सराकारी तथा गैरसरकारी कार्यालय, सामुदायिक सुचना नेटवर्क सिआईएन, उज्यालो नाईन्टी नेटवर्क, एनेन्टेना फाउन्डेशन नेपाल, ईक्वल एक्सेस नेपाल, म्याक्स मिडीया, बिबिस लगाएत थुप्रै क्षेत्र सहयोग रहदै आएको छ । रेडियो रामारोशनले आज दिनभर आफनो बार्षिक उत्सवको अबसरमा आफना स्रोता, विज्ञापन दाता, कार्यक्रम प्रायोजक, शुबेच्छुक, सुभचिन्तकका सुझाव, सल्लाहलाई कार्यक्रमको रुपमा प्रशारण गर्ने रेडियो रामारोशन सञ्चालक समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश