2026-09-19 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

१८ वर्षीय लक्ष्मी उपचार खर्च अभावमा जीवन मरणको दोसाँधमा, सहयोग गर्न सबैलाई आग्रह

भदौ १, झापा । आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवन मरणको दोसाँधमा छिन् । 

सुरुमा बिर्तामोडका अधिकांश हस्पिटलले उपचार सम्भव छैन भने पनि कञ्चनजंघा हस्पिटलमा डा सीपी यादवको टिमले उनको उपचार गरिरहेको छ । बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले उद्धार गरी उनलाई हस्पिटल पुर्याएका थिए । 

अहिले लक्ष्मीको अवस्थामा धेरै सुधार आएको डा. यादवले बताए । उनलाई बचाउन  उपचारमा खर्च जुटाउनु आवश्यक रहेको समाजसेवी कन्दङवा बताउछन् । कन्दङवा आफ्नै सन्तान सरह लक्ष्मीको नियमित रेखदेखमा खटिएका मात्र छैनन् आर्थिक रुपमा पनि धेरै सहयोग गरिरहेका छन् । विरामीको खुराक र कुरुवाको खाना उनलेनै प्रवन्ध गरिरहेका छन् ।  ‘म एक्लैले केह ीगर्न सक्दिन त्यसैले सवैको सहयोग जरुरी छ’–उनी भन्छन्–‘लक्ष्मी तपाईं हाम्रै छोरी चेली हुन्, उनकोे जीवन बचाउन पत्रकारले कलम चलाइदिनुपर्यो, अरु सवैले सकेको सहयोग दिनुपर्यो ।’ 

गत शनिवार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको निधारदेखि मुनि कम्मरसम्मको सम्पूर्ण भाग जलेको छ ।

मट्टितेल पोखिएर ओछ्याएको तन्ना र झुल शरीरमा टाँसिएपछि उनी जलेको उनका श्रीमान् राजेशले बताए ।  अस्पतालले उनको उपचारमा २५ लाख लाग्छ भनेपछि पैसा नभएर श्रीमानले लक्ष्मीलाई घरमा नै लगेर केराको पातमा सुताएका थिए । लक्ष्मीका श्रीमान् राजेशले भने– ‘रामकुमार कन्दङ्वाले हाम्रो दुःख देख्न नसकेर अस्पताल ल्याउनु भएको हो ।’

लक्ष्मीको ६ महिनाको छोरा रहेको छ । कन्दङ्वाले लक्ष्मीको उद्धारमा मानप्रसाद लिङ्देनको पनि साथ रहेको बताए । लक्ष्मीको उपचार तथा स्याहारका लागि वडाध्यक्ष सूर्य कन्दङ्वा, सदस्य शोभा विक, एलविन्द्र खत्री, पवित्रा ढुंगाना र पर्शुराम खनाल, समाजसेवी विष्णु गौतम लगायतले सहयोग गरिरहेको बताएइको छ । बीरु दर्नाल लगायतले फेसबुकमार्फत लक्ष्मीको उपचारमा सहयोग जुटाउन अभियान चलाएका छन् । 

यसैवीच लक्ष्मी करुवाको उपचारका लागि आर्थिक श्रोत जुट्न थालेको छ । उनको उपचारका लागि वीरवहादुर दर्नालको संयोजकत्वमा आर्थिक संकलन समिति गठन भएको र समितिमा रकम जम्मा हुन थालेको छ । उनको उपचारका लागि अन्नपूर्ण सप्लायर्सका सुनील अधिकारीले ५ हजार, वीरबहादुर दर्नालले ५ हजार, किरण थापाले ३ हजार, सोहनलाल राजबंशीले दुई हजार ५ सय, कुमारमणि पोखरेलले दुई हजार ५ सय, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले एक हजार, योगिता खपांङ्गीले २ हजार ५ सय, विजय डालमियाले २ हजार, समिल राईले २ हजार, लक्ष्मण खतिवडाले २ हजार, तुलसी खनालले २ हजार, मनेश दाहालले २ हजार, कृष्ण पौडेलले १५ सय, पदमबहादुर तामाङ (देवराज)ले १ हजार १०, मुकुन्द उप्रेतीले १ हजार रुपैयाँ प्रदान गरेका छन् ।  

त्यस्तै रञ्जित परियारले १ हजार, गोमा चोङ्बाङले १ हजार, चण्डी अधिकारीले १ हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै प्रकाश कुपरीले ११ हजार दिने बचन दिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई