३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने

३० बैशाख २०८२, मंगलवार १५:१७

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल प्रारम्भ भएको छ ।

छलफलमा भाग लिँदै सांसद तुलसाकुमारी दाहालले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सुझाव दिनुभयो ।

“बजेट विनियोजनका क्रममा नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकतामा केन्द्रित रहेर बजेट बनाउनुपर्छ र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “लोकतन्त्रको मूल्य मान्यतामा आधारित भई, समृद्धि नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरण गर्न आत्मनिर्भर अर्थतन्त्रका लागि आर्थिक स्रोतको खोजी हुनुपर्छ ।”

यसैगरी, सांसद जगप्रसाद शर्माले विनियोजन विधेयकका नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तीव्रताको सिद्धान्त लिए पनि प्रक्रियागत रुपमा त्रुटिपूर्ण रहेको टिप्पणी गर्नुभयो ।

सांसद कृष्णबहादुर रोकायले कर्णली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । “ कर्णली प्रदेशलाई उपेक्षा नगरी आगामी आवको बजेटमा कर्णलीलाई पर्याप्त रकम विनियोजन होस्,” उहाँले भन्नुभयो ।

सांसद बेदुराम भुसालले गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्नेमा जोड दिँदै दिगो विकासका लक्ष्य हासिल गर्ने ठोस कार्यक्रम विधेयकमा समावेश नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड