२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने

२०८२, ३० बैशाख मंगलवार १५:१७

काठमाडौँ | राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल प्रारम्भ भएको छ ।

छलफलमा भाग लिँदै सांसद तुलसाकुमारी दाहालले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सुझाव दिनुभयो ।

“बजेट विनियोजनका क्रममा नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकतामा केन्द्रित रहेर बजेट बनाउनुपर्छ र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “लोकतन्त्रको मूल्य मान्यतामा आधारित भई, समृद्धि नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरण गर्न आत्मनिर्भर अर्थतन्त्रका लागि आर्थिक स्रोतको खोजी हुनुपर्छ ।”

यसैगरी, सांसद जगप्रसाद शर्माले विनियोजन विधेयकका नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तीव्रताको सिद्धान्त लिए पनि प्रक्रियागत रुपमा त्रुटिपूर्ण रहेको टिप्पणी गर्नुभयो ।

सांसद कृष्णबहादुर रोकायले कर्णली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । “ कर्णली प्रदेशलाई उपेक्षा नगरी आगामी आवको बजेटमा कर्णलीलाई पर्याप्त रकम विनियोजन होस्,” उहाँले भन्नुभयो ।

सांसद बेदुराम भुसालले गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्नेमा जोड दिँदै दिगो विकासका लक्ष्य हासिल गर्ने ठोस कार्यक्रम विधेयकमा समावेश नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ