२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राप्रपा शाहीले कांग्रेसका २ महामन्त्रीलाई भने – नीति तथा कार्यक्रम छलफलमा कहीँ पनि देखिनुभएन किन ?

३० बैशाख २०८२, मंगलवार १६:३१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका दुई महामन्त्रीलाई खोजे।

कांग्रेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नीति तथा कार्यक्रम छलफलमा प्रतिनिधि सभामा उपस्थित नभएको उनको भनाइ छ। सरकार संसदप्रति जबाफदेही हुनुपर्नेमा नभएकोले संसदको महत्त्व घट्दै गएको दाबी राप्रपा प्रमुख सचेतकसमेत रहेका शाहीको थियो।

‘तर एउटा आश्चर्य कुरा- मेरो पार्टीभन्दा परको कांग्रेसतिर गएँ म। नेपाली कांग्रेसमा दुई जना शसक्त युवा नेता हुनुहुन्छ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा। उहाँहरू नीति तथा कार्यक्रम छलफलमा कहीँ पनि देखिनुभएन,’ सांसद शाहीले भने, ‘यो संसदको सबैभन्दा ठूलो दल हो कांग्रेस। सरकारमा सहभागी पनि छ। सायद उहाँहरूलाई यस्तो लागेजस्तो लाग्यो- खाऊँ भने कान्छा बाबुको अनुहार, नखाऊ भने दिनभरिको शिकार।’

नीति तथा कार्यक्रममा केही पनि नआएकोमा विरोध गर्न कांग्रेस महामन्त्रीद्वयलाई आफ्नै पार्टी सरकारमा भएकोले गाह्रो परेको हुन सक्ने पनि उनको भनाइ छ। ‘विरोध गरौं, आफ्नै पार्टी सरकारमा छ, नगरौं मनले मानेको छैन। संसद नै छाडिदिऊ आनन्दै,’ गगन र विश्वप्रकाशलाई लक्ष्य गर्दै उनले भने। महामन्त्री थापा स्वीट्जरल्याण्ड गएका थिए भने अर्का महामन्त्री शर्मा सगरमाथा आधार शिविर गएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली