३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राजनीतिमा नयाँ अभिनय सुरु भएको छ,नाम भगवानको जप्ने काम भने राक्षसको जस्तो गर्ने: प्रधानमन्त्री ओली

३० बैशाख २०८२, मंगलवार १७:०५

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अभिनय सुरु भएको बताएका छन् । मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राति मुसा समाउने र बिहान भएपछि पूजापाठ गरेर रुद्राक्ष माला लगाएझैँ गरी चाखो बन्ने अभिनय राजनीतिमा पनि सुरु भएको बताए ।

उनले नयाँ संस्करणको राजनीतिमा भगवानको नाम जप्ने तर काम भने राक्षसको जस्तो गर्ने प्रवृत्ति सुरु भएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भने, ‘आजकाल राजनीतिमा पनि अभिनय आएकै छ । राति राति मुसा झ्याप्प,झ्याप्प, झ्याप्प पाल्यो, बिहानै भएपछि यस्तो लगाएर (ठाडो टिका), घण्टी बाँधेर, पाखुरामा रुद्राक्ष बाँधेर यसरी निस्किन्छन् मान्छे की मंगलम भगवान विष्णु… । शान्ति ओम्, शान्ति ओम्, शान्ति ओम् । बाघको पञ्जा चाहिने बेलामा मात्रै निस्किन्छ । अघिपछि टेक्दा पनि नङ्ग्रा हुँदैन । पञ्जा मात्रै हुन्छ । दाह्रा पनि चाहिएको बेलामा मात्रै देखिने रहेछ । यो पनि राजनीतिमा अलिअलि चल्न थालेको छ । अहिले यो नयाँ संस्करणमा । तर राजनीतिको आचरण त्यस्तो होइन, राजनीति न सेन्टिमेन्टमा न अभिनयमा देश बदल्न सकिन्छ । बदल्न भनेको यथार्थमा बदल्ने हो ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली