2026-10-07 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

काठमाडौँ | सांसद नारायणदत्त भट्टले किसानले उत्पादन गरेको कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्ने व्यवस्था सिद्धान्त र प्रथामिकताले सम्बोधन गर्नेमा विश्वास लिनुभएको छ ।

राष्ट्रियसभा आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी छलफलमा भाग लिँदै उहाँले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यन्वनयका लागि उचित मूल्य र बजार पाउनुपर्नेमा जोड दिनुभएको हो । “शिक्षा उत्पादकमूलक छैन । सिद्धान्त र प्राथमिकताले भनिए जस्तै पढ्दै कमाउदै नीति कार्यान्वनमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले विवाहको उमेरहद घटाउन नहुनेमा जोड दिनुभयो । “उमेर पुगेपछि विवाह गर्दा पढाइसँगै रोजगारीको लागि सक्षम हुन्छन् । तसर्थ विवाहका लागि २० वर्ष उमेरहद नै ठीक छ,” उहाँले भन्नुभयो । सांसद गङ्गाकुमारी बेल्बासेले आगामी बजेटमा हिमाली र पहाडी क्षेत्रलाई उपेक्षा गर्न नहुनेमा जोड दिनुभयो । “सिद्धान्त र प्राथमिकतामा मधेश र तराईलाई प्रथामिकता दिइएको छ । पहाड र हिमाललाई उपेक्षा गरियो । यसैले मेरो समर्थन छैन,” उहाँले भन्नुभयो ।
सांसद पदमबहादुर परियारले अर्थतन्त्र चलायमान बनाउनुपर्ने, जनतालाई आशा जगाउनुपर्ने, राज्य र व्यवस्थाविरुद्धको हर्कतको अन्त्य गर्ने गरी सिद्धान्त र प्राथमिकता आएको भन्दै समर्थन जनाउनुभयो ।

सांसद रेणु चन्दले लैङ्गिक बजेट तर्जुमालाई प्राथमिकता दिन नसकेको, स्वदेशी उत्पादन वृद्धि गर्ने सरकारको नीति प्रष्ट नभएको बताउनुभयो । “जनताको भलो हुने किसिमको बजेट ल्याइयोस् र स्टार्टअफ प्रवर्द्धन नीतिमा कार्यकर्ता प्रवर्द्धन नगरियोस् । प्रभावकारी कार्यान्वयनमा जोड दिइयोस्”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए