३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवाहरुको भुमिका बिषयक अनुशिक्षण कार्यक्रम मंगलसेनमा सम्पन्न

३ पुष २०७२, शुक्रबार १३:४३

पुस ३, अछाम । स्थानिय स्तरको योजना तर्जुमा र कार्यन्वयनमा युवाहरुको भुमिका बिषयक अनुशिक्षण कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।

यूएनएफपीएको सहयोग तथा जिल्ला विकास समिती अछाम र जिल्ला युवा सञ्जालको आयोजनामा भएको अनुशिक्षण कार्यक्रममा युवाहरुको वर्तमान अवस्था, योजना तर्जुमा प्रक्रियामा युवाहरुको सहभागिता, राष्टिय युवा नीति आदिवारे छलफल गरिएको छ ।

छलफल कार्यक्रमवाट अव हुन लागेका गाँउ तथा नगर परिषदहरुवाट युवाहरुको क्षेत्रमा पनि निश्चित रकम बिनियोजनका लागि दवाव दिने निष्कर्ष निकालिएको छ ।

यस्तै युवा सूचना केन्द्र स्थापनाका लागि प्रत्यक गाविस र नगरपालिकाहरुवाट आवस्यक बजेटको ब्यावस्था गरिदिन पनि अनुरोध गरिएको छ । जिल्ला युवा सञ्जालका अध्यक्ष मदन कुमार भुलको अध्यक्षतामा भएको अनुशिक्षण कार्यक्रमको सहजिकरण जिविस अछामका सामाजिक विकास अधिकृत खडक बिष्टले गर्नुभएको थियो ।

अनुशिक्षणमा ईलाका युवा सञ्जाल ईलाका नम्वर ८ अन्र्तगतका झण्डै २५ जना युवाहरुको सहभागिता रहेको थियो । यसैबिच ईलाका युवा सञ्जाल ईलाका नम्वर ८ को बैठक पनि बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

ईलाका अध्यक्ष होम साउदको अध्यक्षतामा भएको बैठकले ईलाका सञ्जालका निष्कृय पदाधिकारीलाई हटाई अन्य नयाँ सदस्यहरुलाई समेटेको छ । जसमा सचिव पदमा गोविन्द भण्डारी, सह सचिवमा पूर्ण बिक, कोषाध्यक्षमा मेनुका ढुंगाना लगायत अन्य ५ जना सदस्यहरु पनि हेरफेर गरिएको छ ।

यस्तै बैठकले सञ्जालको जिल्ला अधिवेशनका लागि ५ जना प्रतिनिधी र ७ जना पर्यबेक्षक पनि छनौट गरेको छ । बैठकमा जिल्ला युवा सञ्जालका अध्यक्ष मदन भुल, उपाध्यक्ष बम स्वार लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । यस्तै घोडासैन गाबिसमा एक दिने ऐकिकृत योजना तर्जुमा प्रक्रिया सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रममा लक्षित वर्गको बजेट रकम लक्षित वर्ग सम्म कसरी पुरयाउने र बस्ती स्तरबाट लक्षित वर्गका मागलाई वडा स्तरमा र गाउ स्तरमा कसरी पुरयाउने बिषयमा स्थानिय सरकारको जवाफदेहिता परियोजना अछामका सुशासन अधिकृत हिक्मत धामिले जानकारी गराउनु भएको थियो ।

गाबिस स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, वडा नागरिक मञ्चका पदाधिकारी, महिला, दलित, वालवालिका, कृषि वन तथा वातावरण समितीका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सामाजिक परिचालक गोबिन्द बिष्टले गर्नु भएको स्थानिय सहजकर्ता जमुना बिष्टले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली