काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश नियमति प्रक्रियाबाट अघि बढाएको छ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसदमा प्रस्तुत भएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक सदनमा प्रस्तुत गरेका हुन् ।
सरकारले भूमिसम्बन्धी अध्यादेश पारित गर्न नसक्ने भएपछि फिर्ता लिएर विधेयकको रूपमा ल्याएको हो । ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धि अध्यादेशको म्याद गुजारिएको थियो ।