२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शौक्षिक भ्रमणको क्रममा दलित विद्यार्थीमाथि जातीय विभेद

१ जेष्ठ २०८२, बुधबार १३:५७

काठमाडौँ । शौक्षिक भ्रमणमा जाँदा विद्यार्थीलाई जातीय विभेदको आरोप लागेपछि पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन) को व्यवस्थापन अनुसन्धान विभागका प्रमुख देवीलाल शर्मा बर्खास्त भएका छन्। क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले उपप्राध्यापक शर्मालाई मंगलबार विभागीय प्रमुखबाट शर्मालाई पदमुक्त गरेको जानकारी दिए। वैशाख २६ गते शर्मा उक्त विभागको प्रमुख तोकिएका थिए।

क्याम्पसमा एमबिए तेस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीलाई वैशाख २५ गतेदेखि २९ गतेसम्म भएको शौक्षिक भ्रमणका क्रममा शर्माले जातीय विभेद गरेको आरोप लागेको थियो। शौक्षिक भ्रमणमा गएका बेला सिन्धुलीमा बस बिग्रिएको समय उपप्राध्यापक शर्माले मादक पदार्थ सेवन गरी जातीय विभेदजन्य शब्दहरू र अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गरेको विद्यार्थीले आरोप लगाएका छन्।

‘मादक पदार्थ सेवन गरेर मलाई सरले जातीय विभेद र अश्लिल शब्द प्रयोग गरेर गाली गर्नुभयो, जुन सुन्न सकिने खालका थिएनन्,’ ती विद्यार्थीले भने।
उपप्राध्यापक शर्माले गालीगलौजका क्रममा विद्यार्थीको सर्टिफिकेट कहीँ पनि नबिक्ने र भविश्य पनि अन्धकार बनाउने धम्कीसमेत दिएको विद्यार्थीले आरोप लगाएका छन्। क्याम्पस प्रशासनमा भएको छलफलमा उपप्राध्यापकसँगै रहेका अन्य व्यक्तिले विद्यार्थीमाथि गालीगलौज गरेको जनाए पनि शर्माले भने अस्वीकार गरेका थिए।

पृथ्वीनारायण क्याम्पसमा रहेको दलित विद्यार्थी समाजले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। जातीय विभेद आरोप खेपेका विद्यार्थीले मंगलबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताए। उपप्राध्यापक शर्माविरूद्ध जाहेरी दिने उनले जनाएका छन्। कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जातीय विभेद भएको गुनासो लिएर मंगलबार विद्यार्थी प्रहरी कार्यालय आएको बताए। विद्यार्थीले कानुनी कारबाहीका लागि जाहेरी ल्याएपछि अनुसन्धान अघि बढ्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य