2026-08-07 12:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शौक्षिक भ्रमणको क्रममा दलित विद्यार्थीमाथि जातीय विभेद

काठमाडौँ । शौक्षिक भ्रमणमा जाँदा विद्यार्थीलाई जातीय विभेदको आरोप लागेपछि पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन) को व्यवस्थापन अनुसन्धान विभागका प्रमुख देवीलाल शर्मा बर्खास्त भएका छन्। क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले उपप्राध्यापक शर्मालाई मंगलबार विभागीय प्रमुखबाट शर्मालाई पदमुक्त गरेको जानकारी दिए। वैशाख २६ गते शर्मा उक्त विभागको प्रमुख तोकिएका थिए।

क्याम्पसमा एमबिए तेस्रो वर्षमा अध्ययनरत एक विद्यार्थीलाई वैशाख २५ गतेदेखि २९ गतेसम्म भएको शौक्षिक भ्रमणका क्रममा शर्माले जातीय विभेद गरेको आरोप लागेको थियो। शौक्षिक भ्रमणमा गएका बेला सिन्धुलीमा बस बिग्रिएको समय उपप्राध्यापक शर्माले मादक पदार्थ सेवन गरी जातीय विभेदजन्य शब्दहरू र अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गरेको विद्यार्थीले आरोप लगाएका छन्।

‘मादक पदार्थ सेवन गरेर मलाई सरले जातीय विभेद र अश्लिल शब्द प्रयोग गरेर गाली गर्नुभयो, जुन सुन्न सकिने खालका थिएनन्,’ ती विद्यार्थीले भने।
उपप्राध्यापक शर्माले गालीगलौजका क्रममा विद्यार्थीको सर्टिफिकेट कहीँ पनि नबिक्ने र भविश्य पनि अन्धकार बनाउने धम्कीसमेत दिएको विद्यार्थीले आरोप लगाएका छन्। क्याम्पस प्रशासनमा भएको छलफलमा उपप्राध्यापकसँगै रहेका अन्य व्यक्तिले विद्यार्थीमाथि गालीगलौज गरेको जनाए पनि शर्माले भने अस्वीकार गरेका थिए।

पृथ्वीनारायण क्याम्पसमा रहेको दलित विद्यार्थी समाजले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। जातीय विभेद आरोप खेपेका विद्यार्थीले मंगलबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको बताए। उपप्राध्यापक शर्माविरूद्ध जाहेरी दिने उनले जनाएका छन्। कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जातीय विभेद भएको गुनासो लिएर मंगलबार विद्यार्थी प्रहरी कार्यालय आएको बताए। विद्यार्थीले कानुनी कारबाहीका लागि जाहेरी ल्याएपछि अनुसन्धान अघि बढ्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव