2026-10-14 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नगरिकलाई शुसुचित पार्न रेडियो रामारोशनको महत्वपुर्ण योगदान

कमल रावल/पुस ३, अछाम । समुदायको साथि रेडियो रामारोशन अछाम ८ बर्ष पुरा गरि ९ औँ बर्ष प्रबेश अबसरमा अछाम जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयका प्रमुख, गैरसरकारी सस्थाका प्रमुख र कलाकारले शुभकामना सन्देश ब्यक्त गरेको छ ।

सदुरपश्चिमको अछाम जिल्लामा २०६३ सालमा स्थापना भई २०६४ सालमा आफनो सेवा आरम्भ गरेको रेडियोले समाज परिवर्तनका लागि अग्रणि भुमिका खेलेकाले आगामि दिनमा पनि निरन्तर अघि बढी रहन शुभकामना दिएका थिए ।

जिल्लामा बिकास निर्माणमा अनियमित्तता हुन नदिन रेडियोको माध्यमबाट खबरदारि गरि रेडियोले जनतालाई शुसुचित गरिरहेकाले आगामि दिनमा पनि यस्तै कार्यका साथ अघि बढन अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदिले गर्नु भएको थियो ।

९ औँ बर्ष प्रवेशको अबसरमा शुभकामना दिदै अछामका प्रहरी प्रमुख डिएसपि दिलिप सिँह देउवाले अछामको शान्ति सुरक्षा, जुवा तास नियन्त्रणका लागि रेडियोले ठुलो योगदान दिएकाले आगामि दिनमा जिल्लामा यस्तै साथ र सहयोगको आशा रहेको बताउनु भयो ।

अछाम जिल्लामा शैक्षिक क्षेत्रको सुधारका लागि रेडियो रामारोशनको अग्रणि भुमिका रहेको भन्दै जिल्ला शिक्षक् अधिकारी सुरेश कुमार जोशिले आगामि दिनमा समग्र शैक्षिक क्षेत्रको सुधारका लागि जिल्लामा भएका शैक्षिक क्षेत्रका राम्रा राम्रा गतिविधी गाउ गाउमा पुरयाई जनतालाई जानकार गराउनु पर्ने बताउनु भएको थियो ।

शुभकामना सन्देश दिदै जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले अछामका दुर दराजका क्षेत्रका नागरिकले आफनो कार्यालयले आयोजना गर्ने स्वास्थ्य शिबिरका बारेमा रेडियो मार्फत नै सन्देश सुनेर जानकार भएकाले रेडियोको आज सम्मको काम प्रशसा गर्न रहेको बताउनु भयो ।

आगामि दिनमा पनि स्वास्थ्य क्षेत्रका सबै गतिविधीलाई प्राथमिकता दिदै अघि बढनु पर्ने सुझाव दिनु भएको थियो । अछामका महिला बिकास अधिकृत भगवति अर्यालले जिल्लामा हुने सामाजिक अभियान छाउपडी गोठमुक्त, वाल बिबाह मुक्त, बहुविबाह मुक्त लगाएतका अभियानलाई सफल पार्नका लागि रेडियोले सधै साथ दि रहन आग्रह गर्नु भयो ।

सोही अबसरमा गैरसरकारी सँस्था मँहासघ अछामका अध्यक्ष खडका खडकाले सँघ सँस्थाले गर्ने काम चुस्त दुरुस्त देखाउनका लागि रेडियोको महत्वपुर्ण भुमिका रहने भएकाले सधै आफनो काम कर्तव्य रेडियोले भुल्न नहुने भनाई राख्नु भयो ।

यति बेला रेडियोले गरेका सबै काम आफुले भन्दा पनि स्रोताले मुल्याकन गर्नु पर्ने बेला आएका बताउनु भयो । बार्षिक उत्सवको अबसरमा सुदुर पश्चिमका धरोधर कलाकार सुर्य बिरही साउद, महेन्द्र बिक, झँकर कुवर, नरेन्द्र रावल, टँक तिमिल्सैना लगाएतले शुभकामना दिदै सुदुरपश्चिमको कला, सस्कृति जोगाउन रेडियोले महत्वपुर्ण योगदान गरेकाले आगामि दिनमा पनि आफनो सस्कृतिलाई बचाई राख्न अघि बढनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश