Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कुबेत जान लागेका नवलपरासीका चार किशोरीहरुको उद्धार

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २, कपिलवस्तु  । कपिलवस्तुको कृष्णनगरबाट चार युवतीलाई उद्धार गरिएको छ ।

कृष्णनगरमा मानव बेचबिखान विरुद्ध काम गर्दैआएको ‘के आइ’ नेपाल र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले नवलपरासीको कावासोतीका चेली कृष्णनगर सीमानाकाबाट भारत प्रवेश गरी कुबेत जान लागेका ती चेलीलाई उद्धार गरेको हो ।

नेपाल प्रहरी लिङेट र केआई नेपालको सयुक्त टोलीले दिल्ली जाने बस चढेका ती चेलीलाई सोधपुछ गर्दा कुबेतमा रहेको रीता मगरले भिसा पठाउने र दिल्लीबाट प्रस्थान गर्न सजिलो हुने भएकाले त्यसतर्फ जान लागेको बताएका थिए ।

सोधपुछका क्रममा रितासँग रहेको पासपोर्ट दिल्ली गएपछि कुरियर गरेर पठाइदिने उनीहरुले बताए् । महिनाको ४० हजार तलब हुने सपना बोकेका ती चेलीले त्यहाँसम्म पुग्न अनेकौँ बाधा सामना गर्नुपर्ने केआइ नेपाल कपिलवस्तुका जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिनुभयो ।

भारतको बाटो भएर जाँदा विभिन्न समस्या हुने भएकाले सीमामा रोक लगाउनुपरेको जानकारी दिँदै सीमा चौकीका प्रमुख सूर्य कुवारले उनीहरुलाई अहिले केआइ नेपालको संरक्षणमा राखिएको र अभिभावक आएपछि जिम्मा लगाउने तयारी भएको संयोजक केसर विश्वकर्माले जानकारी दिनुभयो । रासस