१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कुबेत जान लागेका नवलपरासीका चार किशोरीहरुको उद्धार

२ भाद्र २०७४, शुक्रबार ०८:०८

भदौ २, कपिलवस्तु  । कपिलवस्तुको कृष्णनगरबाट चार युवतीलाई उद्धार गरिएको छ । 

कृष्णनगरमा मानव बेचबिखान विरुद्ध काम गर्दैआएको ‘के आइ’ नेपाल र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले नवलपरासीको कावासोतीका चेली कृष्णनगर सीमानाकाबाट भारत प्रवेश गरी कुबेत जान लागेका ती चेलीलाई उद्धार गरेको हो । 

नेपाल प्रहरी लिङेट र केआई नेपालको सयुक्त टोलीले दिल्ली जाने बस चढेका ती चेलीलाई सोधपुछ गर्दा कुबेतमा रहेको रीता मगरले भिसा पठाउने र दिल्लीबाट प्रस्थान गर्न सजिलो हुने भएकाले त्यसतर्फ जान लागेको बताएका थिए । 

सोधपुछका क्रममा रितासँग रहेको पासपोर्ट दिल्ली गएपछि कुरियर गरेर पठाइदिने उनीहरुले बताए् । महिनाको ४० हजार तलब हुने सपना बोकेका ती चेलीले त्यहाँसम्म पुग्न अनेकौँ बाधा सामना गर्नुपर्ने केआइ नेपाल कपिलवस्तुका जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिनुभयो । 

भारतको बाटो भएर जाँदा विभिन्न समस्या हुने भएकाले सीमामा रोक लगाउनुपरेको जानकारी दिँदै सीमा चौकीका प्रमुख सूर्य कुवारले उनीहरुलाई अहिले केआइ नेपालको संरक्षणमा राखिएको र अभिभावक आएपछि जिम्मा लगाउने तयारी भएको संयोजक केसर विश्वकर्माले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु