२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन

१ जेष्ठ २०८२, बुधबार १७:०३

काठमाडौँ | गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषकहरूले उत्पादन गरेका कृषिउपजलाई सहज रूपमा आन्तरिक एवं बाह्य बजारसम्म निर्यात गर्न सहयोग पुर्‍याउने उद्देश्यले पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले गाउँपालिका र सङ्घीय सरकारको लागत साझेदारीमा रु ३४ लाख ७० हजार मूल्यमा कृषि एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । यहाँ उत्पादित कृषिउपज समयमा बजारसम्म पुर्‍याउन नसक्दा किसानहरूले ठूलो आर्थिक समस्या भोग्दै आएका छन् ।

उक्त एम्बुलेन्स पालिकाले सहकारीलाई सञ्चालनका लागि जिम्मा दिएको जनाइएको छ । सहकारीले किसानद्वारा उत्पादित तरकारी खरिद गर्ने र बजारसम्म पु¥याउने जनाएको छ । यसरी खरिद गरी बिक्री गरेपछि किसानको खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाइएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

कृषि एम्बुलेन्स सञ्चालन भएसँगै किसानहरूले उत्पादित सामग्री सहज रूपमा बजारसम्म पु¥याउन सजिलो हुने भएको छ । यसले कृषकलाई प्रोत्साहन गर्नुका साथै उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताउनुभयो । उत्पादित कृषिउपज सोझै कृषकबाट उपभोक्तासम्म पुग्ने र कृषकले पनि उचित मूल्य पाउने भएपछि उत्साहित भएका उहाँले उल्लेख गर्नुभयो ।

कृषि एम्बुलेन्स सञ्चालन गर्नका लागि पालिकास्तरीय थाप्ले सत्यवती कृषि बजार समिति र प्रत्येक वडामा उपसमिति गठन गरिएको छ । साथै प्रत्येक वडाको टोलटोलमा सङ्कलन केन्द्र राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनुभयो । यसरी सङ्कलन गरिएका तरकारी कृषिउपज बिक्री केन्द्र बुटवलमा लैजाने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले कृषिउपज बिक्रीका लागि बुटवलमा २८ नम्बर सटर भाडामा लिएको छ । कृषिउपज बिक्री केन्द्र बुटवलले सहकारीलाई सहुलियत दरमा सटर उपलब्ध गराउँदै आएको छ । गत वर्ष उक्त सटरबाट एक सय टन तरकारी बिक्री भएको थियो । पालिकामा व्यावसायिक रूपमा सागसब्जीखेती गर्ने कृषकहरू बढेकाले यस पटक दुई सय टन तरकारी बिक्री गर्ने लक्ष्य राखिएको पालिकाका अध्यक्ष पाण्डेले बताउनुभयो ।

पालिकाले उत्पादनको आधारमा कृषकलाई अनुदान उपलब्ध गराउँदै आएको छ । दश १० क्विन्टलसम्म तरकारी उत्पादन गरेर सहकारीमार्फत बिक्री गरेमा प्रतिकिलो रु दुई र दश क्विन्टलभन्दा माथि प्रतिकिलो रु तीन अनुदान उपलब्ध गराउँदै आइएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले गत वर्ष रु एक लाख ५० हजार उत्पादनको आधारमा कृषकलाई अनुदानबापतको रकम उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै