Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भदौ १५ देखि नेपाल एएरपोर्टमा पनि ‘आइरिस स्क्यानर’ प्रविधि

By साझासवाल

भदौ २, काठमाडौँ | नेपाल एअरपोर्टमा भदौ १५ देखि नयाँ प्रबिधि जडान हुने भएको छ | बैदेशिक रोजगार बिभागले आफ्नो नयाँ वेबसाइटमा आइरिस स्क्यान (आँखा चेकिङ्ग)  प्रबिधिलाई समेत जोडेर सिस्टम सुरु गर्ने जनाएको छ |

बिभागका आइटी इन्जिनियर राजु श्रेष्ठले साझा सबाल अनलाइनलाई दिएको जानकारी अनुसार बिभागले बैदेशिक रोजगारीमा जाने तथा नेपाल फर्कने नेपालीहरुको यथार्थ विवरण राख्न यो प्रविधि निकै उपयोगी हुनेछ | उनले नेपालको एअरपोर्ट प्रयोग गरि बैदेशिक रोजगारीमा जाने तथा फर्कने सबै डाटा अब बिभागको वेबसाइटमा सुरक्षित हुने बताए | कोरियन टेक्नोलोजिमा आधारित उक्त सिस्टमलाई अंग्रेजीमा आइरिस सिस्टम भनिन्छ | बिकसित देशहरुको प्राय एएरपोर्टहरुमा यो सिस्टमको उपयोग हुँदै आएको छ |

यो प्रबिधिको प्रयोग पछी सम्बन्धित व्यक्तिको सबै डाटा वेबसाइटले देखाइदिन्छ | यो सिस्टम बायोमेट्रिक हुन्छ | एक जना व्यक्तिको आँखा अरु कोहिसँग मेल नखाने हुँदा यो सिस्टम सुरक्षाको हिसावले निकै प्रभावकारी मानिन्छ | बिभागले यो सिस्टमको माध्यमबाट कुन व्यक्ति कहिले विदेश गयो ? कहिले फर्कियो ? उसको कुनै आपराधिक विवरण छ/छैन जस्ता बिभिन्न विवरणलाई सहज रुपमा थाहा पाउन सकिन्छ |

त्यस्तै बैदेशिक रोजगार बिभागले आफ्नो नयाँ वेबसाइटमा बिभिन्न नयाँ फिचरहरुलाई थपेर सार्वजनिक गर्ने तयारी गरिरहेको छ | साउन भित्रै नयाँ वेबसाइट अपडेट गरिने बताइएपनि प्राविधिक समस्या देखिएपछी केहि दिनमै सार्वजनिक गरिनेछ |

त्यस्तै बिभागले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको ओरिएन्टेसनमा लापरवाही हटाउन मोबाइल एप मार्फत थम्ब सिस्टम सुरु गर्ने जनाएको छ |