१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा चौंतीस हजार मतदाताद्वारा नाम दर्ता

२ भाद्र २०७४, शुक्रबार ०९:४७

भदौ २, पोखरा । कास्कीमा ३४ हजार १३२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत बिहीबारसम्ममा १७ हजार ९३८ महिला र १६ हजार १९४ पुरुषले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । 

तेत्तीसवटा वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २९ हजार ५६९ जनाले नाम दर्ता गराएका छन् । जसमध्ये १५ हजार ६६६ महिला र १३ हजार ९०३ पुरुष छन् । 

त्यस्तै अन्नपूर्ण, मादी, माछापुच्छ«े र रुपा गाउँपालिकामा दुएै हजार २७२ महिला र दुई हजार २९१ पुरुष गरी चार हजार ५६३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताउनुभयो । 

कुल नाम दर्ता भएकामध्ये विभिन्न जिल्लाबाट पोखरामा आई विभिन्न व्यवसाय र पेशा गरेका पाँच हजार ६६३ जनाले पनि नाम दर्ता गराएका छन् । बुढाबुढी, अपांग, विदेशबाट घर फर्केका र नाम दर्ता गर्न छुट भएका मतदाताले विशेष चासोका साथ मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । 

मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम भने भदौ ३ गतेसम्म कायम गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा दुई लाख २४ हजार ८११ मतदाता संख्या रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु