२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा चौंतीस हजार मतदाताद्वारा नाम दर्ता

२०७४, २ भाद्र शुक्रबार ०९:४७

भदौ २, पोखरा । कास्कीमा ३४ हजार १३२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । 

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत बिहीबारसम्ममा १७ हजार ९३८ महिला र १६ हजार १९४ पुरुषले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । 

तेत्तीसवटा वडा भएको पोखरा–लेखनाथ महानगरपालिकामा २९ हजार ५६९ जनाले नाम दर्ता गराएका छन् । जसमध्ये १५ हजार ६६६ महिला र १३ हजार ९०३ पुरुष छन् । 

त्यस्तै अन्नपूर्ण, मादी, माछापुच्छ«े र रुपा गाउँपालिकामा दुएै हजार २७२ महिला र दुई हजार २९१ पुरुष गरी चार हजार ५६३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताउनुभयो । 

कुल नाम दर्ता भएकामध्ये विभिन्न जिल्लाबाट पोखरामा आई विभिन्न व्यवसाय र पेशा गरेका पाँच हजार ६६३ जनाले पनि नाम दर्ता गराएका छन् । बुढाबुढी, अपांग, विदेशबाट घर फर्केका र नाम दर्ता गर्न छुट भएका मतदाताले विशेष चासोका साथ मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । 

मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम भने भदौ ३ गतेसम्म कायम गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा दुई लाख २४ हजार ८११ मतदाता संख्या रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण