२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

जलेश्वर अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या

२ जेष्ठ २०८२, बिहीबार १२:५४

काठमाडौँ | जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पतालमा दुई महिनादेखि औषधि अभाव हुँदा उपचारमा समस्या हुँदै आएको छ । सरकारले ९८ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराए पनि दुई महिनादेखि सिटामोलसहित साधारण औषधि समेत नहुँदा उपचारमा समस्या हुँदै आएको हो ।

दुई महिनादेखि अत्यावश्यक सिटामोलसहित निःशुल्क उपलब्ध हुने सबै औषधि अभाव रहेकाले अस्पतालमा उपचारका लागि आउने बिरामीलाई खाली हात पठाउनुपरेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास साहले बताउनुभयो । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् ।

अस्पतालमा दैनिक रू तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका जनाउँदै उहाँले अस्पतालबाट दिनुपर्ने निःशुल्क औषधि उपलब्ध गराउन नसक्दा बिरामीहरू निराश भएर फर्किनुका साथै उपचार प्रभावित बनेको उहाँले बताउनुभयो ।

डा साहका अनुसार यहाँ रहेका छ वटा बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक २५ देखि ३० का दरले, मेडिसिन कक्षमा ४० देखि ५० आकस्मिक कक्षमा दैनिक ४० जनासम्म बिरामीहरू आउने गरेका छन् । उहाँले आकस्मिक कक्षमा बिरामी बढी हुँदा शय्या अभावसमेत हुने गरेको बताउनुभयो । जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा दैनिक एक सय जनासम्म बिरामी आउने गरेका उहाँले जानकारी दिनुभयो ।

मधेस प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग औषधि अभावका बारेमा जानकारी गराइएको अस्पतालका मेसु डा साहले उल्लेख गर्नुभयो । अहिले आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट किनेर व्यवस्थापन गरिरहेको बताउँदै यसलाई निरन्तरता दिन स्रोत अभाव हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय अत्यधिक बढेको गर्मीका कारण रुघा, खोकी, ज्वरो, टाइफाइड, झाडापखाला, निमोनिया, जण्डिस र भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको प्रादेशिक अस्पतालको आकस्मिक कक्षले जनाएको छ ।

पहिला दैनिक तीन सयको हाराहारीमा बिरामी आउने गरेकामा पछिल्लो समय अत्यधिक बढेको गर्मीका कारण दैनिक चार सयको हाराहारीमा विभिन्न सङ्क्रमणका बिरामकी आउने गरेका मेसु डा साहले जानकारी दिनुभयो । चर्को घामका कारण जिल्लाबासीमा छालासम्बन्धी विभिन्न रोगको सङ्क्रमण समेत देखा पर्न थालेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने