२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रचनात्मक आलोचना सुन्ने धैर्यता बाकी छ भने आफ्नो कदमलाई सरकारले सच्याओस् : रास्वपा सांसद गौतम

२ जेष्ठ २०८२, बिहीबार १३:४४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्नु संस्थागत भ्रष्टाचारको चरम रूप रहेको टिप्पणी गरेकी छिन् ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध साँधिएको दोहोर्‍याउँदै उनले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा यस्तो टिप्पणी गरेकी हुन् । यस्तो प्रवृत्तिलाई इतिहासले धिक्कार गर्ने उनले बताइन् । ‘सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ, त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो,’ सांसद गौतमले भनिन्, ‘इतिहासले यो स्वेच्छाचारी प्रवृत्तिलाई धिक्कार्ने छ । गणतान्त्रिक लोकतन्त्रमा विधिको शासनको देहावसान भएको एउटा इतिहास लेखिएको छ ।’

उनले सरकारले सभापति लामिछानेविरुद्ध चालेको आफ्नो कदम सच्याउन पनि आग्रह गरेकी छिन् । ‘सर्वपक्षीय आलोचना भए तापनि सरकार गाडी नम्बर ४२० आफ्नै रफ्तारमा चलिरहन्छ भनेझैँ बेप्रवाह दौडिरहेको छ,’ सांसद गौतमले भनिन्, ‘अलिकति रचनात्मक आलोचना सुन्ने धैर्यता कहीँ बाकी छ भने आफ्नो कदमलाई सरकारले सच्याओस् ।’

सांसद गौतमले पछिल्लो समय दैनिक जसो सहकारी प्रकरणका जाहेरीकर्ताहरूले सार्वजनिक रूपमा नै आफूले जाहेरी नदिएको, थाहै नदिई अभियोग पत्रमा नाम लेखिएको, किटानी उजुरी नै नहालेको मान्छेलाई उजुरीकर्ता बनाइयो भन्दै प्रश्न उठेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । शक्तिको दुरुपयोग आफैँमा संविधान विपरीतको कार्य भएको बताउँदै उनले सत्ता र शक्तिलाई राजनीतिक प्रतिशोधको साधन नबनाउन आग्रह गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य