२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला युवा सञ्जाल अछामको अध्यक्षमा: कुन्तिवडालिका होम साउद

२६ पुष २०७२, आईतवार १३:३९

कमल रावल/ पुस २६, अछाम । जिल्ला युवा सञ्जाल अछामको तेस्रो जिल्ला अधिबेशन सर्वसम्मत बाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । २ दिन सम्म चलेको सञ्जालको बन्द सत्रले कुन्तिवण्डालीका होम साउदको अध्यक्षतामा २१ सदस्यिय नयाँ जिल्ला समिती गठन गरेको छ ।
achham news
जसमा उपाध्यक्ष मगलसेनका मेनुका ढुगाना, विनायकका रमेश रावत, सचिवमा ओलिगाउका कमल रावल, सहसचिवमा चाफामाण्डौका गोबिन्द देवकोटा, भैरवस्थानका दिपिका कुवर र कोषाध्यक्षमा वाब्लाका मिन बाब्ली मिलन लगाएतका सदस्य रहेका छन । बन्द सत्रले १३ वटा ईलाका वाट १३ जना सदस्य, ५ जना महिला र ३ जना दलित सदस्य रहने गरि २१ सदस्यिय कमिटी गठन गरेको हो । साथै निवर्तमान अध्यक्ष मदन कुमार भुुलको सँयोजकत्वमा ९ जनाको सल्लाहकार समिती गठन गरिएको छ । साथै कमिटीको पहिलो बैठक समेत आजै सम्पन्न भएको छ । अध्यक्ष होम साउदको अध्यक्षतामा भएको बैठकले विभिन्न विभागिय उपसमिती गठन गर्ने, आगामि कार्ययोजना बारे छलफल गर्ने, नवनिर्वाचित कमिटीलाई बधाई विभिन्न ईलाका बाट आएका प्रतिनिधि र प्रवेक्षकलाई धन्यवाद दिएको छ ।

यस्तै अधिबेशनलाई सफल पार्न सहयोग गर्ने निर्वाचन कमिटी कानुन विद खडक खडका लगाएत अध्यक्ष मण्डलाई धन्यवाद ज्ञापन गर्नुका साथै विभिन्न जिल्लाका सरोकारवाला निकाय, पत्रकार, शान्त एँव सु व्यवस्थित तरिकाले सम्पन्न गर्न सहयोग गर्ने प्रहरी प्रशासनलाई धन्यवाद ज्ञापन गरेको छ । सञ्जालले आगामि दिनमा अछाम घोषणा पत्र २०७२ लाई कार्यान्वयन गर्न आगामि बैठकबाट कार्ययोजना बनाई अघि बढने र आगामि दिनमा हुन गईरहेका गाउ, नगरपालिका, ईलाका र जिल्ला परिषदमा योजना निर्माण प्रक्रियामा युवाहरुको सशक्त परिचालन गर्ने लगाएतका निर्णयहरु पारित गरिएका छन ।

निवर्तमान अध्यक्ष एँव सल्लाहकार समिती सँयोजक मदन कुमार भुल रोशनको प्रमुख आथित्यतमा भएको बैठकको सञ्चालन उपाध्यक्ष मेनुका ढुगाना र रमेश रावतले गर्नु भएको थियो । कुरिती, कुसँस्कार, विकृति बिसँगती, दुब्र्यबहार र दुब्र्यसनिको निकास, युवाहरुमा एकता, सिर्जनशिलता सुचना, प्रविधिमा पहुच र युवा उद्यमशिलताको बिकास भन्ने मुल नाराका साथ पौष २५ गते बाट सुरु भएको अधिबेशन उदघाटन अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य