१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीडेनमा नेपाली कामदार १० हजारमा पठाऊ भन्ने मन्त्रीको दिमाग चेक गर्नुपर्छ…

२ भाद्र २०७४, शुक्रबार १७:०९

भदौ २, काठमाडौँ | बैदेशिक रोजगार ब्यबसायी संघका नव निर्वाचित अध्यक्ष रोहन गुरुङ्गले सामाजिक संजालमा श्रम मन्त्री फर्मुल्लाह मन्सुरलाई इंगित गर्दै चर्को अलोचना गरेका छन् ।

गुरुङले पछिल्लो स्टाटसमा मन्त्री मन्सुरप्रति इंगित गर्दै लेखेका छन – 'स्वीडेनमा दश हजार लिएर कामदार पठाऊ भन्ने निर्णय गर्ने मन्त्रिको दिमाग चेक गर्नु पर्छ।'

हेर्नुहोस् गुरुङको स्टाटस जस्ताको तस्तै : 



युरोपेली मुलुकमा नेपाली कामदारलाई पठाउन म्यानपावर कम्पनीहरूले अधिकतम् सेवा शुल्क १० हजार मात्र लिन पाउने श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले बताएका थिए । मन्त्री मन्सुरले १० हजार मात्र तोकिसकेकाले यदि कोही म्यानपावर कम्पनीलाई त्यसरी काम गर्दा घाटा लाग्छ भने म्यानपावर व्यवसाय नै छाड्न सुझाव दिएका थिए । 

मन्त्री मन्सुरले तोकिएको मुलुकमा अधिकतम् १० हजार रूपैयाँभन्दा बढी रकम असुलेर वैदेशिक रोजगारीमा पठाएको प्रमाण भटिए जो सुकैलाई पनि आफूले कारबाही गरिछाड्ने बताएका थिए । संघका अध्यक्ष गुरुङको पछिल्लो स्टाटस मन्त्रीको सोहि अभिव्यक्तिसँग लक्षित छ । गुरुङले मासिक २ लाख १३ हजार तलब दिने प्रतिबद्धतासहित नेपाली कामदारको माग आए पनि सेवा शुल्कको नाममा सरकारले अड्काएर राखेको आरोप लगाएका छन  अध्यक्ष गुरुङले निजी लगानीमा बजार प्रबद्र्धन, कार्यालय भाडा, कर्मचारी तलब भत्तालगायत खर्च गरी माग पत्र प्राप्त गर्ने हुँदा १० हजार रूपैयाँ सेवा शुल्क अपर्याप्त भएको बताउँदै आएका छन् । 

गुरुङले मन्त्री भएर जिम्मेबार नभएको भन्दै १० हजारमा स्वीडेन पठाउँदा ब्यावसायिलाई फाईदा छैन भने स्वीडेन नपठाए हुन्छ भन्नु गैरजिम्मेवारपूर्ण भएको बताए । उनले मन्त्री मन्सुरलाई प्रश्न गरेका छन् – 'कुनै जिम्मेबारी छैन, बेरोजगार नागरिक र ब्यवसायी प्रति ?? सिमा नाघेपछि संयमता टुढ्दै जाने रहेछ।' 

माथिको तश्विरमा: बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु