३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संघीय निजामती सेवा विधेयकमा उच्च तहका निजामती कर्मचारीलाई कूटनीतिक, राजनीतिक नियुक्त हुनबाट रोक्न,२ वर्षे कुलिङ पिरियड

३ जेष्ठ २०८२, शुक्रबार ११:४०

काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयकमा उच्च तहका निजामती कर्मचारीलाई अवकाशपछि कूटनीतिक, राजनीतिक र संवैधानिक पदमा नियुक्त हुनबाट रोक्न २ वर्षे कुलिङ पिरियड राख्न सहमति जनाएको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दुई वर्षे कुलिङ पिरियड राख्ने सहमति भएर निर्णय नै भई सकेको प्रशासनलाई जानकारी दिए ।

कुलिङ पिरियडको अवधिबारे सत्तापक्षका सांसदहरूबीच नै मतभेद थियो। प्रतिपक्षी दलका सांसदहरूले समितिको उपसमितिको प्रतिवेदनमा २ वर्षे कुलिङ पिरियडको पक्षमा लिखित फरक मत राखेका थिए। माओवादी, रास्वपा, राप्रपा र एकीकृत समाजवादीले २ वर्षको प्रस्ताव समर्थन गरेका थिए। कांग्रेस सांसदहरूले पनि २ वर्षे कुलिङ पिरियडको अडान राखेका थिए भने एमाले सांसद र मन्त्रीहरूले अधिकतम १ वर्षको पक्षमा थिए।

यसअघि विधेयकको मस्यौदामा मुख्यसचिव, कानुन सचिव र प्रधानमन्त्री कार्यालयका कानुन सचिवलाई न्यायाधीश र राजदूतजस्ता पदमा कुलिङ पिरियड नलाग्ने व्यवस्था थियो। तर, यो व्यवस्थाले कर्मचारीबीच विभेद हुने भन्दै आलोचना भएपछि समितिले उक्त प्रावधान हटाएको थियो। मुख्यसचिव र सचिवहरूले कुलिङ पिरियड पूर्ण रूपमा हटाउन वा छोटो बनाउन दबाब दिए पनि सत्तापक्षका केही दल १ वर्ष र अरू २ वर्षको अडानमा थिए।

समितिको अघिल्लो प्रतिवेदनको बुँदा नम्बर ४१ मा कुलिङ पिरियडको व्यवस्था प्रस्ताव गरिएको थियो। जसअनुसार, उच्च पदबाट अवकाश भएका निजामती कर्मचारीले निश्चित अवधिसम्म संवैधानिक, कूटनीतिक वा राजनीतिक पदमा नियुक्ति पाउने छैनन्। अन्तिम मस्यौदामा १ वर्षे कुलिङ पिरियड उल्लेख थियो, जसलाई सरकारले अब २ वर्ष बनाउन सहमति जनाएको छ।

तर, कर्मचारीहरूले निजामती सेवामा मात्र कुलिङ पिरियड लागू गर्दा अन्य सरकारी सेवाका कर्मचारीसँग विभेद हुने बताएका छन्। “निजामती कर्मचारीलाई मात्रै छुट्टै व्यवस्था गर्न खोजिएको छ, जुन संविधानविपरीत हुन सक्छ,” एक उच्च अधिकारीले भने। यदि यो व्यवस्था सबै सरकारी सेवामा एकरूपले लागू गरिएको भए सान्दर्भिक हुने देखिन्थ्यो। तर, निजामती कर्मचारीमा मात्र सीमित गर्दा यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा शंका उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली