2026-10-07 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संघीय निजामती सेवा विधेयकमा उच्च तहका निजामती कर्मचारीलाई कूटनीतिक, राजनीतिक नियुक्त हुनबाट रोक्न,२ वर्षे कुलिङ पिरियड

काठमाडौँ । सरकारले संघीय निजामती सेवा विधेयकमा उच्च तहका निजामती कर्मचारीलाई अवकाशपछि कूटनीतिक, राजनीतिक र संवैधानिक पदमा नियुक्त हुनबाट रोक्न २ वर्षे कुलिङ पिरियड राख्न सहमति जनाएको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दुई वर्षे कुलिङ पिरियड राख्ने सहमति भएर निर्णय नै भई सकेको प्रशासनलाई जानकारी दिए ।

कुलिङ पिरियडको अवधिबारे सत्तापक्षका सांसदहरूबीच नै मतभेद थियो। प्रतिपक्षी दलका सांसदहरूले समितिको उपसमितिको प्रतिवेदनमा २ वर्षे कुलिङ पिरियडको पक्षमा लिखित फरक मत राखेका थिए। माओवादी, रास्वपा, राप्रपा र एकीकृत समाजवादीले २ वर्षको प्रस्ताव समर्थन गरेका थिए। कांग्रेस सांसदहरूले पनि २ वर्षे कुलिङ पिरियडको अडान राखेका थिए भने एमाले सांसद र मन्त्रीहरूले अधिकतम १ वर्षको पक्षमा थिए।

यसअघि विधेयकको मस्यौदामा मुख्यसचिव, कानुन सचिव र प्रधानमन्त्री कार्यालयका कानुन सचिवलाई न्यायाधीश र राजदूतजस्ता पदमा कुलिङ पिरियड नलाग्ने व्यवस्था थियो। तर, यो व्यवस्थाले कर्मचारीबीच विभेद हुने भन्दै आलोचना भएपछि समितिले उक्त प्रावधान हटाएको थियो। मुख्यसचिव र सचिवहरूले कुलिङ पिरियड पूर्ण रूपमा हटाउन वा छोटो बनाउन दबाब दिए पनि सत्तापक्षका केही दल १ वर्ष र अरू २ वर्षको अडानमा थिए।

समितिको अघिल्लो प्रतिवेदनको बुँदा नम्बर ४१ मा कुलिङ पिरियडको व्यवस्था प्रस्ताव गरिएको थियो। जसअनुसार, उच्च पदबाट अवकाश भएका निजामती कर्मचारीले निश्चित अवधिसम्म संवैधानिक, कूटनीतिक वा राजनीतिक पदमा नियुक्ति पाउने छैनन्। अन्तिम मस्यौदामा १ वर्षे कुलिङ पिरियड उल्लेख थियो, जसलाई सरकारले अब २ वर्ष बनाउन सहमति जनाएको छ।

तर, कर्मचारीहरूले निजामती सेवामा मात्र कुलिङ पिरियड लागू गर्दा अन्य सरकारी सेवाका कर्मचारीसँग विभेद हुने बताएका छन्। “निजामती कर्मचारीलाई मात्रै छुट्टै व्यवस्था गर्न खोजिएको छ, जुन संविधानविपरीत हुन सक्छ,” एक उच्च अधिकारीले भने। यदि यो व्यवस्था सबै सरकारी सेवामा एकरूपले लागू गरिएको भए सान्दर्भिक हुने देखिन्थ्यो। तर, निजामती कर्मचारीमा मात्र सीमित गर्दा यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा शंका उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए