२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको कमलबजार नगरपालिकाको प्रथम नगर परिसद सम्पन्न

४ माघ २०७२, सोमबार १६:३८

कमल रावल/ माघ ४ अछाम । सभासद भरत साउदले जिल्लाको बिकास निर्माणको काम लाई अघि बढाउनका लागि आफनो तर्फ बाट पहल गर्ने बताउनु भएको छ । अछाम जिल्लाको कमलबजार नगरपालिकाको प्रथम नगर परिषदको प्रमुख अथितिको आशन बाट बोल्दै साँउदले कमल बजार नगरपालीकाको आर्थिक, सामाजिक, भौतिक बिकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

जिल्लामा गाबिस, नगर, अनि जिल्ला तहमा आउने बजेटको सही सदुपयोग भए मात्र समग्र जिल्लाको बिकास निर्माण माथि उठदै जाने भएकाले यसको सदुपयोगका लागि पनि सबै लागि पर्नु पर्नेमा जोड दिनु भएको थियो । साथै उहाँले देशमा बिकास निर्माणमा असहयोग गर्न मधेशी दलहरु बाधक भएका बताउनु भएको भयो । कमलबजार नगरपालिकाका निमित्त कार्यकारी अधिकृत नेत्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अथिती अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदिले कमलबजार नगरपालीकाको लागि आवश्यक सहयोग आफनो तर्फ बाकी नराख्ने बताउनु भयो ।

जिल्लामा हुने विकास निर्माण ढिलासुस्ती, अनियमित्तता रोक्नका लागि सबैले सहयोग गर्नु पर्ने भनाई राख्नु भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका नयाँराम बजगाई, नेकपा एमालेका कटक साउद, एकिकृत नेकपा माओबादीका रण बहादुर बिष्ट, नेकपा माओबादी क्रान्तिकारीका शिबराज बजगाई, जिल्ला बिकास समिती अछामका सुचना अधिकृत पदम माझि, दलित समन्वय समिती अछामका उपाध्यक्ष कमल बिक, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख बुद्धि प्रसाद ढकाल, उद्योग बाणिज्य संघका कुष्ण प्रसाद ढकाल, गैससका प्रतिनीधि दान बहादु बीक लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

परिषदमा आर्थिक बर्ष २०७२।०७३ को चालु तर्फ ९८ लाख ६७ हजार ३ सय २ रुपैया ३१ पैसा र पुजिगत तर्फ १ करोड ७ लाख ७७ हजार ९ सय ५१ रुपैया विभिन्न योजनामा विनियोजन गरिएको साथै आगामि आर्थिक बर्षका लागि अनुमानित बजेट चालु तर्फ २ करोड ३१ लाख ६० हजार र पुजिगत तर्फ ३ करोड १० लाखको निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । डम्बरा साउदको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको संञ्चालन सामाजीक परिचालक राम बहादुर बिष्टले गर्नु भएको सँवाददाता कमल बोगटीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने