2026-07-25 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको कमलबजार नगरपालिकाको प्रथम नगर परिसद सम्पन्न

कमल रावल/ माघ ४ अछाम । सभासद भरत साउदले जिल्लाको बिकास निर्माणको काम लाई अघि बढाउनका लागि आफनो तर्फ बाट पहल गर्ने बताउनु भएको छ । अछाम जिल्लाको कमलबजार नगरपालिकाको प्रथम नगर परिषदको प्रमुख अथितिको आशन बाट बोल्दै साँउदले कमल बजार नगरपालीकाको आर्थिक, सामाजिक, भौतिक बिकासको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

जिल्लामा गाबिस, नगर, अनि जिल्ला तहमा आउने बजेटको सही सदुपयोग भए मात्र समग्र जिल्लाको बिकास निर्माण माथि उठदै जाने भएकाले यसको सदुपयोगका लागि पनि सबै लागि पर्नु पर्नेमा जोड दिनु भएको थियो । साथै उहाँले देशमा बिकास निर्माणमा असहयोग गर्न मधेशी दलहरु बाधक भएका बताउनु भएको भयो । कमलबजार नगरपालिकाका निमित्त कार्यकारी अधिकृत नेत्र प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अथिती अछामका प्रमुख जिल्ला अधिकारी याम प्रसाद सुवेदिले कमलबजार नगरपालीकाको लागि आवश्यक सहयोग आफनो तर्फ बाकी नराख्ने बताउनु भयो ।

जिल्लामा हुने विकास निर्माण ढिलासुस्ती, अनियमित्तता रोक्नका लागि सबैले सहयोग गर्नु पर्ने भनाई राख्नु भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका नयाँराम बजगाई, नेकपा एमालेका कटक साउद, एकिकृत नेकपा माओबादीका रण बहादुर बिष्ट, नेकपा माओबादी क्रान्तिकारीका शिबराज बजगाई, जिल्ला बिकास समिती अछामका सुचना अधिकृत पदम माझि, दलित समन्वय समिती अछामका उपाध्यक्ष कमल बिक, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख बुद्धि प्रसाद ढकाल, उद्योग बाणिज्य संघका कुष्ण प्रसाद ढकाल, गैससका प्रतिनीधि दान बहादु बीक लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

परिषदमा आर्थिक बर्ष २०७२।०७३ को चालु तर्फ ९८ लाख ६७ हजार ३ सय २ रुपैया ३१ पैसा र पुजिगत तर्फ १ करोड ७ लाख ७७ हजार ९ सय ५१ रुपैया विभिन्न योजनामा विनियोजन गरिएको साथै आगामि आर्थिक बर्षका लागि अनुमानित बजेट चालु तर्फ २ करोड ३१ लाख ६० हजार र पुजिगत तर्फ ३ करोड १० लाखको निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । डम्बरा साउदको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको संञ्चालन सामाजीक परिचालक राम बहादुर बिष्टले गर्नु भएको सँवाददाता कमल बोगटीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक