भदौ ४, पाल्पा | प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं गएको छ । 

जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ४, पाल्पा | प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं गएको छ । 

जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा"/>

2026-10-30 05:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पाल्पामा कुडुले घर लोप हुँदै

भदौ ४, पाल्पा | प्राचीन समयदेखि प्रयोगमा रहेको कुडुले(घुमाउरो) घर अहिले लोपोन्मुख हुँदैं गएको छ । 

जाडो याममा तातो र गर्मीमा शीतल हुने सो घर पछिल्ला समय कच्चा पदार्थको अभाव र छानो हाल्न झण्झट हुने भएपछि लोप हुन लागेको हो । “पूर्वखोला– २, जल्पास्थित साकेनी, ढोलीमारा, साठ्ठीघरेमा अहिले कुडुले घर देख्न पाइँदैन”, स्थानीय बासिन्दा भीमिसारा आलेले बताउनुभयो । पहिले जल्पामा २५ भन्दा बढी कुडुले घर देखिए पनि अहिले एक दुई वटा मात्र देखिन्छ । ’ 

जल्पाका भीमबहादुर सारुले आफ्नो कुडुले घर केही समयअघि भत्केपछि निर्माण नगरिएको बताउनुभयो । उहाँको कुडुले घरमा ६ जनाको परिवार बस्थ्यो । कुडुले घरमा बस्दा सामूहिक भावना बढी हुन्छ । खरले छाएको कुडुले घरमा भित्र फराकिलो हुन्छ, एकै ठाउँमा सुत्न, बस्न र खाना पकाउन समेत मिल्ने हुन्छ । घुमाउरो घर भएकाले छाउन भने निकै समस्या हुन्छ । 

खर र डाँडाभाटा बढी लाग्ने, उज्यालो कम, झ्याल नहुने र धुवाँ बढी हुने गरेकाले पनि मानिसमा कुडुले घरप्रतिको आकर्षण कम हँुदै गएको सारुको भनाइ छ । पहिला पातीमा माटाले लिपेर घुमाउरो बनाउने चलन रहेकामा अहिले ढुंगा माटाले पर्खाल उठाउने चलन रहेको सारु बताउनुहुन्छ । 

ग्रामीण क्षेत्रमा यसको महत्व कम भए पनि शहरी क्षेत्रमा भने बढेको छ । होटल तथा रिसोर्टमा कुडुले घरका नमुना देख्न पाइन थालेको छ । मेला तथा महोत्सवमा समेत कुडुले घरका झल्को पाइन्छ । निस्दी, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिका तथा रामपुर नगरपालिकामा प्रशस्त देखिने कुडुले घर अहिले देखिन छाडेको स्थानीयवासीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल