२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला बचतको उदघाटन समारोह सम्पन्न 

८ माघ २०७२, शुक्रबार १२:१२

कमल रावल, माघ ८ अछाम । नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवरले गाउँ समाज परिवर्तनको लागि सहकारीको आवश्यकता रहेको बताउनु भएको छ । जिल्ला बचत तथा ऋण सँहकारी संघ लिमिटेड अछामको १५ औँ बार्षिक साधारण सभाको उदघाटन समारोहमा प्रमुख अथितीको आशन बाट बोल्दै कुवरले सहकारीको बिकासका लागि सहकारीका सबै शेयर सदस्य ईमान्दार बन्नु पर्नेमा जोड दिनु भयो ।

हाम्रो देशमा अधिकाश नागरिक गरिब, अशिक्षित रहेकाले सहकारी मार्फत उनिहरुलाई माथि उठाउनु पर्ने बताउनु भयो । जिल्लामा जति सहकारी छन सबैले राम्रा काम गर्दै गएमा अन्य लघुवित्त बैकको जिल्लामा आवश्यक नरहने बताउनु भएको थियो । सहकारीको अपरिहार्यता, ईमान्दारिता, र पारदर्शिता भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा जिल्ला सहकारी सँघका जिल्ला सचिव अमर न्यौपाने बिशिष्ट अथिती रहनु भएको थियो । जिल्ला अध्यक्ष नवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका अमृता बुढा, नेकपा एमालेका भिम जनाला, जिल्ला शिक्षा अधिकारी सुरेश कुमार जोशि, पत्रकार महासँघ अछामका उपाध्यक्ष जनकराज भण्डारी, गैसस महासघ अछामका उपाध्यक्ष जनक बटाला, सबै सहकारीको तर्फ बाट कैलाश बचत तथा ऋण सहकारीका उदयराज ढुगाना लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सहकारीको बार्षिक प्रगति विवरण अध्यक्ष देवकोटाले प्रस्तुत गर्नु भएको थियो । उपाध्यक्ष राम बहादुर चलाउनेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव मोति बहादुर थापाले गर्नु भएको थियो । हाल जिल्ला सहकारीमा जिल्ला भरिका ४५ सहकारी आबद्ध रहेका छन । सँघको बन्द सत्रले आगामि ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ । अहिले बन्द सत्र जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने