३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राजनीतिक संरक्षणका कारण, न्यायालयले न्याय देला कि भनेर विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको छ’: सांसद झा

६ जेष्ठ २०८२, सोमबार १२:३८

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले न्यायालयले राजनीतिक संरक्षण दिइरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सून्य समयमा बोलेका सांसद झाले न्यायालयहरूले राजनीतिक संरक्षण दिइरहेकाले न्यायालयप्रतिको विश्वास कमजोर बनेको बताएका हुन् । ‘न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण त दिइराखेका छन् । यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर बनेको छ,’ सांसद झाले भने ।

उनले न्यायालयबाट न्याय पाउने आशा काम हुँदै गएको दावीसमेत गरे । ‘न्यायालयले न्याय देला कि भनेर हामीले विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको छ,’ न्यायालयमा राजनीतिक संरक्षण रहेको चर्चा गर्दै उनले भने ।

न्यायाधीश नियुक्तिका लागि नामावली लिएर कांग्रेस नेता रमेश लेखक (वर्तमान गृहमन्त्री) आफूलाई भेट्न आएको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअघि अभिव्यक्ति दिएको भन्दै उनले यस्तै कारणले न्यायलयमा राजनीतिक संरक्षण रहेको बताएका हुन् ।

‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअघि भन्नुभएको थियो, नेपाली कांग्रेसका नेता रमेश लेखक (वर्तमान गृहमन्त्री)ले न्यायालयको न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो यो नाम सिफारिस नभए मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो,’ सांसद झाले भने, ‘आज न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण दिइरहेका छन् । यसले न्यायालयप्रतिको विश्वास कमजोर बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली