2026-08-07 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘राजनीतिक संरक्षणका कारण, न्यायालयले न्याय देला कि भनेर विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको छ’: सांसद झा

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले न्यायालयले राजनीतिक संरक्षण दिइरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सून्य समयमा बोलेका सांसद झाले न्यायालयहरूले राजनीतिक संरक्षण दिइरहेकाले न्यायालयप्रतिको विश्वास कमजोर बनेको बताएका हुन् । ‘न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण त दिइराखेका छन् । यो अभ्यासले गर्दा न्यायालयप्रतिको विश्वास कमजोर बनेको छ,’ सांसद झाले भने ।

उनले न्यायालयबाट न्याय पाउने आशा काम हुँदै गएको दावीसमेत गरे । ‘न्यायालयले न्याय देला कि भनेर हामीले विश्वास गर्ने ठाउँहरू कम हुँदै गएको छ,’ न्यायालयमा राजनीतिक संरक्षण रहेको चर्चा गर्दै उनले भने ।

न्यायाधीश नियुक्तिका लागि नामावली लिएर कांग्रेस नेता रमेश लेखक (वर्तमान गृहमन्त्री) आफूलाई भेट्न आएको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअघि अभिव्यक्ति दिएको भन्दै उनले यस्तै कारणले न्यायलयमा राजनीतिक संरक्षण रहेको बताएका हुन् ।

‘पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केही महिनाअघि भन्नुभएको थियो, नेपाली कांग्रेसका नेता रमेश लेखक (वर्तमान गृहमन्त्री)ले न्यायालयको न्यायाधीश सिफारिसमा मेरो पार्टीको यो यो नाम सिफारिस नभए मलाई गाह्रो हुन्छ भनेर भन्न जानुभएको थियो,’ सांसद झाले भने, ‘आज न्यायालयहरूले विभिन्न राजनीतिक संरक्षण दिइरहेका छन् । यसले न्यायालयप्रतिको विश्वास कमजोर बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा चार विधेयक पेस विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ ‘नेपाली सेनाबाहेक कसैलाई सेनाको नाममा गतिविधि गर्न नदिइयोस्’ : हर्कराज राई राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट ३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस्: खुश्बु ओली नेपालको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन: सांसद राना हिन्दु राष्ट्र पुनर्स्थापनाको प्रतिबद्धतामा आशावादी छौँ : खुस्बु ओली प्रधानमन्त्रीदेखि सांसदसम्म अराजक व्यवहार देखियो : गगन थापा राष्ट्रियसभा बैठक स्थगित, साउन २७ गते बस्ने संसद्‍मा आज पनि विपक्षीको विरोध बीपीको जन्मघरका लागि छुट्याइएको २ करोड बजेट शेखर कोइरालाद्वारा अस्वीकार स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु शुक्रबार सुनचाँदीको मूल्य बढ्यो टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न