२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ट्राफिक कार्यालय अछामद्धारा सवारी चेकजाच अभियानलाई तिब्र 

२०७२, ८ माघ शुक्रबार १५:१४

कमल रावल, माघ ८ अछाम । जिल्ला ट्राफिक कार्यालय अछामले सवारी चेकजाच तथा जनचेतना फैलाउने अभियानलाई तिब्रता दिएको छ । जिल्लामा समान्य लापरबाहिरका कारण हुने सवारि दुर्घट्ना न्यूनिकरणका लागी अभियान सुरु गरेको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ ।

ट्राफिक कार्यालय अछामले जिल्लाका प्रमुख नाका चौखुट्टे, प्रमुख ब्यापारिक केन्द्र साफेबगर, सदरमुकाम मंगलसेन, बयालपाटा,जयगढ लगायतका विभीन्न ठाउमा सवारि चेकजाचमा कडाई गरिएको जिल्ला ट्राफिक कार्यालय अछामका प्रमुख सोभान सिहं कार्कीले जानकारी दिनु भएको छ । ट्राफिक प्रहरिले सवारी चालकले आफू साथमा सवारि अनुमती पत्र राखे नराखेको, हेल्मे नलगाएको भेटाएमा आवश्यक सरसल्लाह दिएर छोड्ने गरेको उहाले बताउनुभयो । पहिलो पटक नियम विररित सवारि चलाउने ब्यक्तिलाई आवश्यक सरसल्लाहा दिने गरेको र दोस्रो पटकपनी नियम उलंघनगरि सवारि चलाउने चालकलाई आवश्यक कार्बाही गरेर छोड्ने गरेको कार्यालयले जनाएको छ ।

सडकमा तिब्र गतीमा सवारि साधन नहाक्न र नियम उल्लंघनगरि सवारि साधन नचलाउन जिल्ला ट्राफिक कार्यालय अछामले सबैलाई अनुरोध गरेको छ । कार्यालयले अछाम जिल्लाका विभिन्न विद्यालयमा विद्यालय स्तरिय ट्राफिक नियमको बारेमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । अछाम जिल्लामा सवारि दुर्घट्ना धेरै नघटेपनी हुनसक्ने घट्नलाई मध्यनजर गर्दै यस्तो अभियान संञ्चालन गरिएको जिल्ला प्रहरि कार्यालयलाई उदृत गर्दै हाम्रा सहकर्मी बिक्रम परियारले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ