२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ट्राफिक कार्यालय अछामद्धारा सवारी चेकजाच अभियानलाई तिब्र 

८ माघ २०७२, शुक्रबार १५:१४

कमल रावल, माघ ८ अछाम । जिल्ला ट्राफिक कार्यालय अछामले सवारी चेकजाच तथा जनचेतना फैलाउने अभियानलाई तिब्रता दिएको छ । जिल्लामा समान्य लापरबाहिरका कारण हुने सवारि दुर्घट्ना न्यूनिकरणका लागी अभियान सुरु गरेको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ ।

ट्राफिक कार्यालय अछामले जिल्लाका प्रमुख नाका चौखुट्टे, प्रमुख ब्यापारिक केन्द्र साफेबगर, सदरमुकाम मंगलसेन, बयालपाटा,जयगढ लगायतका विभीन्न ठाउमा सवारि चेकजाचमा कडाई गरिएको जिल्ला ट्राफिक कार्यालय अछामका प्रमुख सोभान सिहं कार्कीले जानकारी दिनु भएको छ । ट्राफिक प्रहरिले सवारी चालकले आफू साथमा सवारि अनुमती पत्र राखे नराखेको, हेल्मे नलगाएको भेटाएमा आवश्यक सरसल्लाह दिएर छोड्ने गरेको उहाले बताउनुभयो । पहिलो पटक नियम विररित सवारि चलाउने ब्यक्तिलाई आवश्यक सरसल्लाहा दिने गरेको र दोस्रो पटकपनी नियम उलंघनगरि सवारि चलाउने चालकलाई आवश्यक कार्बाही गरेर छोड्ने गरेको कार्यालयले जनाएको छ ।

सडकमा तिब्र गतीमा सवारि साधन नहाक्न र नियम उल्लंघनगरि सवारि साधन नचलाउन जिल्ला ट्राफिक कार्यालय अछामले सबैलाई अनुरोध गरेको छ । कार्यालयले अछाम जिल्लाका विभिन्न विद्यालयमा विद्यालय स्तरिय ट्राफिक नियमको बारेमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । अछाम जिल्लामा सवारि दुर्घट्ना धेरै नघटेपनी हुनसक्ने घट्नलाई मध्यनजर गर्दै यस्तो अभियान संञ्चालन गरिएको जिल्ला प्रहरि कार्यालयलाई उदृत गर्दै हाम्रा सहकर्मी बिक्रम परियारले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह