2026-08-07 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

यौनसुख त्यसै पाइँदैन,त्यसको लागि विभिन्न कुराहरूमा ध्यान दिन आवश्यक पर्छ ……….

काठमाडौँ । यौन शारीरिक सुख मात्र होइन । प्रेम, विश्वास र आध्यात्मिक एकताको माध्यम पनि हो । आचार्य वात्स्यायनले रचेको ग्रन्थ ‘कामसूत्र’ले यसै भन्छ ।कामसूत्र सात खण्डमा विभाजित छ, जसले प्रेम सम्बन्ध, विवाह, यौन आशनदेखि सामाजिक आचरणको सुन्दर चित्रण गरेको छ । जसमध्ये एक अध्यायले यौन सम्बन्धको अर्थ, यसमा मिसिएको प्रेमिल भाव, यसको अभ्यासको कला र महत्व समेट्छ ।

प्रेम र आकर्षणको कला

कामसूत्रले यौनलाई प्रेम र आकर्षणको परिणाम मान्छ । वात्स्यायनका अनुसार यौन क्रियामा मात्र ध्यान दिएर त्यो यौन अभ्यास सफल हुँदैन । यौन सम्बन्ध स्थापित गर्नुपूर्व प्रेम र आकर्षणको कला आवश्यक छ। सम्भोगसम्म पुग्न त्यो क्रममा जरुरी छ । त्यसका लागि प्रेम प्रस्ताव राख्ने, एक-अर्कोलाई आकर्षित पार्ने र त्यससँगै सम्बन्धलाई गहिरो बनाउन विभिन्न तरिका ग्रन्थले सिकाउँछ । जस्तो कि, एक-अर्काको मन जित्न सौम्य व्यवहार, सामिप्यताको इच्छा बुझ्ने प्रयास, काव्यात्मक संवाद र प्रेमपूर्ण हाउभाउ र प्रेमिल वातावरण बनाउने र विशेष अनुभव गराउन उपहार दिनपर्ने सुभाव लेखकको छ ।

सामाजिक र सांस्कृतिक भाव

कामसूत्रले यौनलाई सामाजिक सीमाभित्र राख्छ । यो ग्रन्थले विवाह, परिवार र सामाजिक मर्यादालाई ध्यानमा राख्दै यौन सम्बन्धको चर्चा गर्छ । उदाहरणका लागि, वैवाहिक सम्बन्धलाई बलियो बनाउन र दम्पतीबीच प्रेम कायम राख्न यौनलाई महत्त्वपूर्ण मानिएको छ । प्रेम प्रगाढ भएमा मात्र यौनक्रिया सार्थकता हुने बताइएको छ ।

यौन आसनका कुरा

कामसूत्रमा ६४ यौन आसनहरूको वर्णनले शारीरिक सुख र सम्बन्धको निकटता बढाउने माध्यमको रुपमा उल्लेख गरिएको छ । कामसूत्रले यी आसनहरुलाई शरीरिक अनुकुलता र सौन्दर्यलाई जोड दिएको छ। यौनलाई सामाजिक मर्यादाभित्र राख्दै ग्रन्थले वैवाहिक सम्बन्ध र पारिवारिक सन्तुलनको भूमिकालाई जोड दिन्छ । साथै, यौनलाई आत्मिक एकताको माध्यम मानेर दम्पतीबीच प्रेम र विश्वासको पुल हुनुपर्ने बताइएको छ । तर, यौनको यो पक्ष ग्रन्थको सानो हिस्सा मात्र हो ।

जैविकका लागि

यौन प्रजननका लागि पनि आवश्यक छ । जसले मानव जातिको निरन्तरता सुनिश्चित गर्छ । त्यतिमात्र होइन । यो स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।यौन गतिविधिले ‘डोपामाइन’ र ‘अक्सिटोसिन’ जस्ता हर्मोनहरूको स्राव बढाउँछ, जसले तनाव कम गर्छ । रक्त सञ्चार बढाउने, मुटुको स्वास्थ्य र रोगप्रतिरोधी क्षमता पनि बलियो बनाउँछ ।

आध्यात्मिक आयाम

यौनलाई कामसूत्रमा शारीरिक सुखभन्दा माथि उठाएर आत्मिक एकताको माध्यमको रूपमा पनि हेरिएको छ । यो ग्रन्थले यौनलाई प्रेम र विश्वासको अभिव्यक्तिको रूपमा प्रस्तुत गर्छ, जसले दम्पतीलाई भावनात्मक र आध्यात्मिक रूपमा जोड्छ ।

यौनको आवश्यकता

काम सूत्रले मात्र होइन आधुनिक विज्ञानले पनि यौन मानव जीवनको स्वाभाविक र आवश्यक हिस्सा मान्छ ।

मनोविज्ञानका लागि

मानसिक स्वास्थ्यलाई बढावा दिन्छ । यसले नियमित यौनले चिन्ता र डिप्रेसन कम गर्छ ।यौनले दम्पतीबीच भावनात्मक निकटता र विश्वास कायम राख्छ । यौन सन्तुष्टिले सम्बन्धको स्थायित्व बढाउँछ । कामसूत्रले यौनलाई जीवनको आनन्द र आध्यात्मिक सन्तुष्टिको स्रोत मान्छ, जसले व्यक्तिलाई पूर्णजीवन जिउन प्रेरित गर्छ।

यौनका पनि सिमा छन्,के के छन् ?

कामसूत्रमा भनिएको छ-यौन सकारात्मक भए पनि यसका नैतिक, सामाजिक र व्यक्तिगत सीमाहरू छन् ।

सहमति

कामसूत्र र आधुनिक सिद्धान्त दुवैले यौनमा सहमतिको अनिवार्यता जोड दिन्छन् । कामसूत्रले यौन सम्बन्धमा दुवै पक्षको सहमति र सम्मानलाई जोड दिन्छ । वात्स्यायनले यौनलाई जबरजस्ती वा अनैतिक तरिकाले गर्नु गलत ठहराएका छन्। यो ग्रन्थले यौन सम्बन्ध कायम गर्दा महिलाको इच्छा र सुखलाई पनि उत्तिकै महत्व दिन्छ। विज्ञानले पनि असहमतिमा गरिएको यौनले मानसिक र शारीरिक हानि पुर्‍याउँने बताउँछ । यस्तोमा सन्तुष्टि होइन, तनाव हुन्छ।

सामाजिक मर्यादा

यौनलाई विवाह र सामाजिक सीमाभित्र राख्न कामसूत्रले सुझाउँछ । आधुनिक समाजमा पनि गैरकानुनी रुपमा यौन व्यवहार जस्तै, बाल शोषणलाई कडाइका साथ निषेध गरिएको छ ।

भावनात्मक सन्तुलन

यौन प्रेम र सम्मानमा आधारित हुनुपर्छ । भावनात्मक निकटताको अभावले सम्बन्धमा तनाव निम्त्याउन सक्छ । यसमा दुवै पक्षको भावनाको सम्मानको पनि कदर गर्न सक्नुपर्छ,जसका कारण  सम्बन्धमा घनिष्ठता बढ्ने गर्छ फलस्वरूप यसले केही हदसम्म भएपनि  तपाईंको कामसूत्रमा सहयोग पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा चार विधेयक पेस विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ ‘नेपाली सेनाबाहेक कसैलाई सेनाको नाममा गतिविधि गर्न नदिइयोस्’ : हर्कराज राई राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट ३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस्: खुश्बु ओली नेपालको माटोमाथि कसैले पनि धावा बोल्न सक्दैन: सांसद राना हिन्दु राष्ट्र पुनर्स्थापनाको प्रतिबद्धतामा आशावादी छौँ : खुस्बु ओली प्रधानमन्त्रीदेखि सांसदसम्म अराजक व्यवहार देखियो : गगन थापा राष्ट्रियसभा बैठक स्थगित, साउन २७ गते बस्ने संसद्‍मा आज पनि विपक्षीको विरोध बीपीको जन्मघरका लागि छुट्याइएको २ करोड बजेट शेखर कोइरालाद्वारा अस्वीकार स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु शुक्रबार सुनचाँदीको मूल्य बढ्यो टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न