२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक

२०८२, ६ जेष्ठ सोमबार १४:११

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा व्यक्त गर्नुभयो । “कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु”, गृहमन्त्री लेखकले भन्नुभयो, “हिन्दू धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । त्यसैले, हिंसालाई धर्मसँग जोड्न सकिँदैन । तीनकुनेमा गरिएको राजतन्त्रको वकलातको विषय नेपालको संविधानविपरीत छ जसलाई कुनै पनि विषयमा उचित मान्न सकिँदैन ।”

उहाँले उक्तघटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको जानकारी दिनुभयो । “जो सुकै भए पनि आपराधिक कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो, “तीनकुनेमा राजावादी समूहबाट भएको हिंसात्मक प्रदर्शनका सम्बन्धमा मैले यसअघि संसद्कै सम्मानित राज्यव्यवस्था समितिलाई जानकारी गराइसकेको छु ।”

मन्त्री लेखकले उक्त घटनामा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको एक निजी घरमा जलेर निधन भएको र अर्का व्यक्ति सविन महर्जनको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली लागेर निधन भएको बताउनुभयो । साथै, उक्त तोडफोड र आगजनीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको मन्त्री लेखकले जानकारी दिनुभयो ।

“स्वदेशी उत्पादनमा आधारित औषधि कम्पनीमा आगो लगाइएकाले हिंसात्मक प्रदर्शनका आयोजकहरुले यसको जिम्मेवारी लिनुपर्ने कुरामा सरकार प्रष्ट रहेको छ”, उहाँले भन्नुभयो । तीनकुने घटनाको क्रममा भएको क्षतिको सम्बन्धमा अनुसन्धान जारी रहेको बताउँदै उहाँले उक्त घटनामा गोली लागि घाइते भएका व्यक्तिमध्ये हाल तीन जना उपचाररत रहेका र बाँकी स्वास्थ्य लाभ गरी घर फर्किसकेका जानकारी दिनुभयो । “उक्त घटनाका घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले गरिरहेको छ”, उहाँले भन्नुभयो, “अन्य व्यवस्था प्रचलित कानुनबमोजिम हुनेनै छ भन्ने बेहोरा अनुरोध छ ।”

त्यसैगरीे झापाको गिरिबन्धु चिया बगानसम्बन्धी निर्णय सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा ढिलाइसम्बन्धी प्रश्नमा मन्त्री लेखकले आदेशको कार्यान्वयन सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालय प्रस्तुत मुद्दाहरुमा प्रत्यर्थी नभएकाले आदेश कार्यान्वयनका लागि यस मन्त्रालयमा जानकारी प्राप्त भई पत्राचार हुने अवस्था नरहेको बताउनुभयो ।

“प्रस्तुत मुद्दाहरुमा सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट मिति २०८०÷१०÷२४ मा भएको आदेशको कार्यान्वयन सम्बन्धित मन्त्रालय तथा निकायहरुबाट भइरहेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।”

गृहमन्त्री लेखकले नेपाल सरकार, गृह मन्त्रालय नेपालको संविधान, नेपालको कानुन तथा सम्मानित अदालतका फैसला तथा आदेशको कार्यान्वयन गरी सरकारी सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्वद्र्धन गर्न सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ