2026-10-06 05:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार

काठमाडौं । मलेसिया रोजगारीका लागि २५ वटा नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थाको सूची सार्वजनिक भएपछि आफू र आफू सम्बद्ध इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिलाई कथित ‘सिण्डिकेट’सँग जोडेर गरिएको प्रचारप्रति कम्पनीका सञ्चालक वाई.बी. राईले आपत्ति जनाएका छन् ।

राईले विज्ञप्ति जारी गर्दै मलेसियाको एफडब्लुसीएमएस (FWCMS) पोर्टलअन्तर्गत ‘Registered Recruitment Agencies’ शीर्षकमा सार्वजनिक गरिएको २५ वटा नेपाली म्यानपावर कम्पनीको सूची निर्माण वा त्यससँग सम्बन्धित प्रक्रियामा आफ्नो तथा आफ्नो कम्पनीको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।

उनका अनुसार उक्त सूची कसरी तयार भयो, कसले समावेश गर्‍यो भन्ने विषयमा आफूहरू पूर्ण रूपमा अनभिज्ञ रहेको र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा कम्पनीको नाम जोडिनु दुःखद भएको बताएका छन् ।

राईले इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टले नेपाल सरकारको नीति, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार स्वच्छ, पारदर्शी र नैतिक भर्ना प्रक्रिया (Ethical Recruitment) अवलम्बन गर्दै आएको दाबी गरेका छन् ।

उनले आफू सम्बद्ध कम्पनी अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) को इन्टरनेशनल रिक्रुटमेन्ट इन्टेग्रिटी सिस्टम (IRIS) अन्तर्गत प्रमाणित नेपालको पहिलो म्यानपावर कम्पनी भएको उल्लेख गर्दै शून्य लागत तथा न्यायोचित भर्ना प्रक्रियामार्फत नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउँदै आएको बताएका छन् ।

विज्ञप्तिमा कम्पनीले विगत करिब दुई दशकदेखि मलेसियालगायत विभिन्न मुलुकमा २० हजारभन्दा बढी नेपाली श्रमिकलाई स्वच्छ, पारदर्शी र नैतिक भर्ना प्रक्रियामार्फत निःशुल्क रोजगारीमा पठाइसकेको दाबी गरिएको छ ।

राईका अनुसार कम्पनीले सन् २०१६ देखि नै न्यायोचित भर्ना प्रक्रियालाई व्यवस्थित रूपमा लागू गर्दै आएको र सन् २०१८ देखि रोजगारदाताले नै लागत व्यहोर्ने (Employer Pays Principle) अवधारणामा आधारित श्रमिकमैत्री प्रणाली अपनाउँदै आएको छ ।

कुनै ठोस प्रमाणबिना आफ्नो नाम कथित ‘सिण्डिकेट’सँग जोडिएको भन्दै राईले यस्ता आरोपले आफ्नो व्यक्तिगत प्रतिष्ठा तथा कम्पनीको दुई दशक लामो व्यावसायिक छविमा असर पुगेको बताएका छन् ।

उनले आवश्यक तथ्य तथा प्रमाण संकलन गरी कानुनी उपचारका विषयमा समेत छलफल भइरहेको जानकारी दिँदै सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई सत्यतथ्य पुष्टि गरेर मात्र सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

“कुनै जिज्ञासा वा अन्योल भएमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क गरी आधिकारिक तथ्य बुझ्न अनुरोध गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टले आगामी दिनमा पनि सुरक्षित, मर्यादित र नैतिक वैदेशिक रोजगारी, शून्य लागतको सिद्धान्त तथा पारदर्शी भर्ना प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता कायम राख्ने राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस