११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाका ६० प्रतिशत जनता टेलिफोनको पहुँचमा

५ भाद्र २०७४, सोमबार ०६:२८

भदौ ५, रोल्पा । दुर्गम पहाडी जिल्ला रोल्पाका ६० प्रतिशतभन्दा बढी जनता टेलिफोन सेवाको पहुँचमा रहेको नेपाल टेलिकम रोल्पाले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न पाँच स्थानमा विस्तार गरिएको टेलिफोन टावरसँगै सेवा विस्तार भएको कार्यालय प्रमुख कैलाश आचार्यले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षमा जिल्लाका सिर्प, जेल्वाङ, होलेरी, भावाङ र लिवाङमा नयाँ टावर स्थापना गरिएसँगै सेवामा सुधारसमेत भएको हो । 

चालु आवमा थप छ स्थानमा नयाँ टावर थप्ने कार्यक्रम रहेकाले जिल्लामा टेलिफोनको पहुँचमा ८० प्रतिशत जनता पुग्ने टेलिकमले जनाएको छ । 

यसैगरी नेपाल टेलिकमले जिल्लाका सिर्प र जेल्वाङमा एक हजार ५८० सिम निःशुल्क वितरण गरेको छ । जनताले निःशुल्क सिम माग गरेपछि क्षेत्रीय निर्देशकको अनुगमनपश्चात् आवश्यकता महसुस गरी निःशुल्क वितरण गरेको बताइएको छ ।

 जनताको माग भएमा चालु आर्थिक वर्षमा पनि अझ केही सिम निःशुल्क बाँडिने आचार्यले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु