२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एमालेको विरपथमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

१६ माघ २०७२, शनिबार १४:५४

कमल रावल । माघ १६ अछाम । नेकपा एमाले गाउ कमिटी विरपथको आयोजनामा अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउ कमिटी अध्यक्ष राम बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पार्टी सचिव यज्ञ बोगटी प्रमुख अथिती रहनु भएको थियो भने जिल्ला सचिवालय सदस्य बल बहादुर सोडारी बिशिष्ट अथिती रहनु भएको थियो ।

प्रमुख अथिती बोगटीले जनताको बहुदलिय जनवाद तथा संगठनको प्रशिक्षण दिदै नयाँ सविधान जारी भई कार्यान्वयन प्रक्रियामा मुलुक अगाडी बढकाले मुलुकको आर्थिक उन्नती तिर बढनु पर्ने बताउनु भयो । आगामि दिनमा स्थानिय स्तरबाट नै पार्टी बलियो बनाउदै लैजानका लागि नेता कार्यकर्ता एकजुट भएर अघि बढनु पर्ने बताउनु भयो । कार्यक्रममा क्षेत्रिय कमिटी सदस्य गणेश भण्डारी, अम्बीका शाही, ईलाका कमिटी सदस्य चेत बहादुर शाही, शिक्षक सँगठनका चेतराज भण्डारी लगाएतले मन्तव्य राख्नु भएको थियो । गाउ कमिटी सचिव जनक प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पुर्व क्षेत्रिय कमिटी सदस्य कर्ण बहादुर शाहीले गर्नु भएको थियो ।

यस्तै सरस्वती उच्च मावि बाटुलासैनमा गठीत अनेरा स्वीयु प्राक कमिटीद्धारा सहिद दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष केशर बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती एमाले जिल्ला कमिटी सदस्य मान बहादुर गिरि तथा विशिष्ट अथिती नेपाल राष्टिय शिक्षक सँगठन जिल्ला उपाध्यक्ष लोकराज न्यौपाने र अनेरा स्वीयु जिल्ला कमिटी सदस्य प्रेम देवकोटा रहनु भएको थियो । कार्यक्रममा एमाले गाउ बाटुलासैन कमिटी अध्यक्ष जनक बिष्ट, सचिव कृष्ण न्यौपाने, राप्रपाका उदय बहादुर शाह, जिल्ला युवा सञ्जाल अछामका जिल्ला सदस्य निर्मला न्यौपाने, एमाले पुर्व क्षेत्रिय कमिटी सदस्य बखत बटाला लगाएतले मन्तव्य राखेका थिए । सदस्य दिनेश देवकोटाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन द्धारिका न्यौपानेले गर्नु भएको थियो ।

यस्तै नेकपा एमाले कमलबजार नगरपालीका वडा नम्बर १ को वडा भेला सम्पन्न भएको छ । लाल बहादुर बिष्टको अध्यक्षतामा भएको भेलाले बल बहादुर भण्डारीको अध्यक्षतामा १५ सदस्य नयाँ वडा कमिटी चयन गर्नुका साथै जनवर्गिय संगठनका अन्य कमिटी चयन गरेको छ । भेलामा प्रमुख अथिति नेकपा एमाले जिल्ला कमिटी सदस्य बल बहादुर कुवर, बिशिष्ट अथितिमा एमाले जिल्लाकमिटी सदस्य दिपक अधिकारी रहनु भएको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य लक्ष्मी अधिकारी, क्षेत्रिय सदस्य नामसरा खतिवडा, रघुनाथ सुनार, कमल बजार नगरकमिटी अध्यक्ष नृप बोहोरा, अनेरास्वीयु जिल्ला कमिटी सदस्य बलबहादुर भण्डारी, नेपाल राष्ट्रीय शिक्षक संगठनका क्षेत्रिय कोषाध्यक्ष ललीत बोहोरा लगायतले मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन युवा सञ्जाल जिल्ला सचिवाल सदस्य डियान खतिवडाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने