2026-08-29 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एमालेको विरपथमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

कमल रावल । माघ १६ अछाम । नेकपा एमाले गाउ कमिटी विरपथको आयोजनामा अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउ कमिटी अध्यक्ष राम बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पार्टी सचिव यज्ञ बोगटी प्रमुख अथिती रहनु भएको थियो भने जिल्ला सचिवालय सदस्य बल बहादुर सोडारी बिशिष्ट अथिती रहनु भएको थियो ।

प्रमुख अथिती बोगटीले जनताको बहुदलिय जनवाद तथा संगठनको प्रशिक्षण दिदै नयाँ सविधान जारी भई कार्यान्वयन प्रक्रियामा मुलुक अगाडी बढकाले मुलुकको आर्थिक उन्नती तिर बढनु पर्ने बताउनु भयो । आगामि दिनमा स्थानिय स्तरबाट नै पार्टी बलियो बनाउदै लैजानका लागि नेता कार्यकर्ता एकजुट भएर अघि बढनु पर्ने बताउनु भयो । कार्यक्रममा क्षेत्रिय कमिटी सदस्य गणेश भण्डारी, अम्बीका शाही, ईलाका कमिटी सदस्य चेत बहादुर शाही, शिक्षक सँगठनका चेतराज भण्डारी लगाएतले मन्तव्य राख्नु भएको थियो । गाउ कमिटी सचिव जनक प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पुर्व क्षेत्रिय कमिटी सदस्य कर्ण बहादुर शाहीले गर्नु भएको थियो ।

यस्तै सरस्वती उच्च मावि बाटुलासैनमा गठीत अनेरा स्वीयु प्राक कमिटीद्धारा सहिद दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको छ । अध्यक्ष केशर बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती एमाले जिल्ला कमिटी सदस्य मान बहादुर गिरि तथा विशिष्ट अथिती नेपाल राष्टिय शिक्षक सँगठन जिल्ला उपाध्यक्ष लोकराज न्यौपाने र अनेरा स्वीयु जिल्ला कमिटी सदस्य प्रेम देवकोटा रहनु भएको थियो । कार्यक्रममा एमाले गाउ बाटुलासैन कमिटी अध्यक्ष जनक बिष्ट, सचिव कृष्ण न्यौपाने, राप्रपाका उदय बहादुर शाह, जिल्ला युवा सञ्जाल अछामका जिल्ला सदस्य निर्मला न्यौपाने, एमाले पुर्व क्षेत्रिय कमिटी सदस्य बखत बटाला लगाएतले मन्तव्य राखेका थिए । सदस्य दिनेश देवकोटाले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन द्धारिका न्यौपानेले गर्नु भएको थियो ।

यस्तै नेकपा एमाले कमलबजार नगरपालीका वडा नम्बर १ को वडा भेला सम्पन्न भएको छ । लाल बहादुर बिष्टको अध्यक्षतामा भएको भेलाले बल बहादुर भण्डारीको अध्यक्षतामा १५ सदस्य नयाँ वडा कमिटी चयन गर्नुका साथै जनवर्गिय संगठनका अन्य कमिटी चयन गरेको छ । भेलामा प्रमुख अथिति नेकपा एमाले जिल्ला कमिटी सदस्य बल बहादुर कुवर, बिशिष्ट अथितिमा एमाले जिल्लाकमिटी सदस्य दिपक अधिकारी रहनु भएको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य लक्ष्मी अधिकारी, क्षेत्रिय सदस्य नामसरा खतिवडा, रघुनाथ सुनार, कमल बजार नगरकमिटी अध्यक्ष नृप बोहोरा, अनेरास्वीयु जिल्ला कमिटी सदस्य बलबहादुर भण्डारी, नेपाल राष्ट्रीय शिक्षक संगठनका क्षेत्रिय कोषाध्यक्ष ललीत बोहोरा लगायतले मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन युवा सञ्जाल जिल्ला सचिवाल सदस्य डियान खतिवडाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो