२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साँफे–मार्तडी जोड्ने पुल सात वर्षसम्म पनि बनेन

२०७४, ६ भाद्र मंगलवार ०३:०६

भदौ ६, बाजुरा । साँफे–मार्तडी जोड्ने राजमार्गअन्तर्गतको गुइगाड खोलाको पुल सात वर्षसम्म निर्माणाधीन अवस्थामा रहेको छ । 

पुल निर्माणका लागि जिम्मा लिएको राजेन्द्र ठेगिम कम्पनीले तीन वर्षभित्र निर्माण गर्ने गरी सम्झौता गरेको भए पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । 

पुल निर्माण नहुँदा गुइगाड खोलाको बाटोमा साना तथा ठूला सवारी साधन र मानिसलाई आवतजावत गर्न कठिन भएको स्थानीय मंगल सेरालाले बताउनुभएको छ । 

पुल निर्माणका लागि २०६८ मा ठेक्का सम्झौता भई २०७० असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएपनि एक वर्ष अर्थात् २०७२ असारसम्मको म्याद थपिएको थियो । वर्षायाममा अत्यधिक वर्षा भएपछि खोलामा पानीको बहाव बढेको छ । पानीको बहावले गर्दा बडीमालिका नगरपालिकाको रापकसम्म चल्ने सवारी साधन बुढीगंगा नगरपालिकाको बाम्कासम्म मात्र जाने गरेका छन् । 

विसं २०७० साउन मसान्तभित्र काम पूरा नभएपछि सडक विभागले पुनः काम गर्ने गरी सोही रकममा कम्पनीलाई म्याद थप गरेको थियो । तर २०७१ मा समेत पुल निर्माण गर्न नसक्दा कम्पनीले पुनः तेस्रोपटक म्याद थप गराएर काम गरेको हो । तर पनि हालसम्म गुइगाडको पुल बन्न सकेको छैन । 

ठेकेदारले सम्%9वासी जयराज उपाध्युसार काम गरेको भए साँफे –मार्तडी सडकमा पर्ने गुइगाडमा डेढ वर्षअघि नै पुल बनिसक्ने थियो । ठेकेदारले काम गरेनन्, म्याद भने पटक–पटक थपिइरहेको छ स्थानीयवासी जयराज उपाध्यायले भन्नुभयो ।

गएको असार मसान्तभित्र काम पूरा गर्ने भन्दै कम्पनीले चौथोपटक म्याद थप गराएको हो । अहिलेसम्म काम भने बीचमै रोकिएको छ । उक्त पुल निर्माणका लागि करिब रु साढे पाँच करोडमा ठेक्का सम्झौता भएको सवडिभिजन साँफेबगरले जनाएको छ । 

कम्पनीले २०७३ को असारमै पुल बनाइसक्नुपर्ने थियो । तर अकस्मात् भूकम्पले गर्दा पुल नबनेको कम्पनीले बताएको छ । पुल निर्माणको काम गर्ने मजदुर भूकम्पले घर भत्काएको भन्दै आ–आफ्नो घर फर्किएपछि पुल निर्माण हुन नसकेको बताइएको छ । ६० मिटर लम्बाइको ट्रस ब्रिज निर्माणका लागि आवश्यक ट्रस निर्माणका लागि जिम्मेवारी दिएको कम्पनीले आफ्नो काम नगरेकाले निर्धारित समयमा पुल निर्माण भएको छैन । 

सदरमुकामदेखि करिब २४ किमी दूरीको गुइगाडमै यातायात र ढुवानीका साधन रोकिन्छन् । बाटो खोलिएको कच्ची सडकमा जोखिम मोलेर व्यवसायीले हिउँदमा मात्रै मार्तडीसम्म जिप तथा ढुवानीका लागि ट्र्याक्टर चलाउने र बाजुराका सडक वर्षात्को अवधिमा बन्द हुने गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश