कमल रावल । माघ १६ अछाम । पुरुष र महिलाहरुका लागि एक दिने स्थायी बन्ध्याकरण शिविर मेल्लेख स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजनामा भएको शिविरमा सन्तानको रहर पुगेका पुरुष तथा महिलाले अस्थायी र स्थायी साधनको बारेमा जानकारी लिनुका साथै सहयोग लिएका थिए ।
शिविरमा १५ जना पुरुषले भ्याक्सेटोमि र १२ जना महिलालाई हिमप्लान्ट सेवा दिईएको बताईएको छ । साथै शिविरमा ८३ जना गर्भवति महिलाको भिडियो एक्सरेद्धारा जेकजाच गरिएको खबर रहेको छ । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर सरदचन्द्र बराल लगाएतको टोलिको सहभागिता रहेको थियो ।