२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

२३ माघ २०७२, शनिबार १०:४९

कमल रावल/ माघ २३, अछाम । प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले आज जिल्ला अस्पताल अछामका बिरामी र वाक नेपालद्धारा सञ्चालित स्याहार केन्द्रका एचआईभी संक्रमितलाई फलफुल वितरण गरेको छ । जिल्ला स्थित प्रेस चौतारीमा आबद्ध पत्रकारहरु तथा अन्य सहभागीहरुको उपस्थितीमा स्थापना दिवसको अवसर पारी अस्पतालका विरामी र स्याहार केन्द्रका एचआईभी संक्रमितलाई फलफुल वितरण गरिएको हो ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको स्थानीय एक गैरसरकारी संस्था पहुँच र श्रृजनाका लागि सहकार्य नेपाल (वाक नेपाल) ले एचआईभी संक्रमितको हेरचाहका लागि सञ्चालन गरेको स्याहार केन्द्रमा एचआभी संक्रमितहरु बस्दै आएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेकराज भण्डारीको नेतृत्वमा गएको टोलिले बिरामीलाई फलफुल वितरण गर्दै स्वास्थ्य लाभको कामना समेत गरेको छ । कार्यक्रम नेकपा एमाले अछामका प्रचार विभाग प्रमूख भीम जनाला र जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरीक्षक चक्र बिष्ट र सिनियर स्टाप नर्स गँगा बुढामगरको समेत उपस्थिती थियो ।

कार्यक्रममा रेडियो रामारोशन एफएमका अध्यक्ष एकिन्द्र कुँवर, रेडियो जनप्रियका स्टेसन म्यानेजर ललित केसी, रेडियो सोसाईटी एफएमका प्रबन्ध निर्देशक धु्रव विसी, प्रेस चौतारीका पूर्व उपाध्यक्ष नरेश शाही, खप्तड न्यूज दैनिक पत्रिकाका कार्यकारी सम्पादक समाचारदाता बिष्णुप्रसाद भण्डारी लगाएत जिल्ला स्थित चौतारीमा आबद्ध सबै सञ्चारकर्मिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे