काठमाडौँ । भारतीय जनता पार्टीका नेता डा. विजय जोलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सार्थकता समाप्त भइसकेको बताएका छन्। नेपाल भ्रमणमा रहेका बीजेपी नेता जोलीले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसअघि प्रभावकारी मञ्चको रूपमा रहेको सार्कको सार्थकता अहिले समाप्त भइसकेको बताएका हुन् ।
सार्क निष्प्रभावकारी हुनुमा पाकिस्तान दोषी रहेको उनको आरोप छ । जोलीले नेपाल–भारतबीचको सम्बन्ध अटुट रहेको भन्दै यसलाई निरन्तर अघि बढाइने बताए । नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध बाहेक सैनिक क्षेत्रमा पनि गहिरो सम्बन्ध रहेको उनले उल्लेख गरे ।
नेपालमा रहेको बहुदलीय लोकतन्त्रात्मक प्रणालीको पक्षमा भारत सदैव रहेको उल्लेख गर्दै उनले नेपालभित्रका सबै विषयको निर्णय लिने अधिकार नेपाली जनतालाई रहेको बताए ।