२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवा संघद्धारा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ज्ञापन पत्र

२८ माघ २०७२, बिहीबार १३:२०

माघ २८, अछाम । युवा संघ नेपाल जिल्ला कमीटी अछामले संघिय मामीला तथा स्थानीय विकास मन्त्रालय काठमाण्डौलाई ज्ञापन पत्र पठाएको छ ।

अछाम जिल्लामा केहि महिना देखी स्थानीय विकास अधिकारी नहुनाले यसले जिल्लाको विकास निर्माण तथा अन्य नगरिक सेवामा प्रभाव पारेको भन्दै जिल्ला प्रशाशन कार्यालय अछाम मार्फत मन्त्रालयलाई ज्ञापन पत्र पठाएको संगठले जनाएको छ ।

जिल्लामा स्थानीय विकास अधिकारी नहुनाले जिल्लाका अधिकांश विकास निर्माणका काम कामहरु प्रभावित भएका ज्ञापन पत्रमा भनिएको छ । जिल्लामा अधिकांश उपभोक्ता,निर्माण ब्यवसायीका म्याद समाप्तभई कानुनी समस्या सृजना हुनुका साथै विकासका कामहरु समेत प्रभावकारी नभएका युवा संघ नेपाल जिल्ला कमीटी अछामका अध्यक्ष प्रेम कुमार खत्री द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

जिल्लामा कहीले स्थानीय विकास अधिकारी लामो समय सम्म विदामा बस्दा, कहीले स्थानीय विकास अधिकारी नहुदा सेवा ग्राही सेवा बाट बञ्चीत हुने गरेका र यही कारणले जिल्ला विकास समिती बर्षेनि न्यूनतम सर्तमापनमा फेल हुने गरेको ज्ञापन पत्रमा भनीएको छ ।

जिल्लामा विकास निर्माणका कार्यहरु अधुरा हुदापनी जिल्ला बाट बर्षेनि ठूलो रकम काम गर्न नसकी फिर्ता जाने गरेको भन्दै युवा संघ अछामको यसमा गम्भिर ध्यानआकर्षण भएको युवा संघ अछामले जनाएको छ ।

सेवाग्राहीको मागलाई मध्यनजरगर्दै चाडो भन्दा चाडो अछाम जिल्लामा स्थानीय विकास अधिकारी पठाउन संघिय मामीला तथा स्थानीय विकास मन्त्रालयलाई युवा संघ अछामले ज्ञापन पत्र मार्फत जोडदार माग गरेको छ । संघले जिल्ला विकास समितीमा समेत जानकारीको लागी ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने