२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवा संघद्धारा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ज्ञापन पत्र

२०७२, २८ माघ बिहीबार १३:२०

माघ २८, अछाम । युवा संघ नेपाल जिल्ला कमीटी अछामले संघिय मामीला तथा स्थानीय विकास मन्त्रालय काठमाण्डौलाई ज्ञापन पत्र पठाएको छ ।

अछाम जिल्लामा केहि महिना देखी स्थानीय विकास अधिकारी नहुनाले यसले जिल्लाको विकास निर्माण तथा अन्य नगरिक सेवामा प्रभाव पारेको भन्दै जिल्ला प्रशाशन कार्यालय अछाम मार्फत मन्त्रालयलाई ज्ञापन पत्र पठाएको संगठले जनाएको छ ।

जिल्लामा स्थानीय विकास अधिकारी नहुनाले जिल्लाका अधिकांश विकास निर्माणका काम कामहरु प्रभावित भएका ज्ञापन पत्रमा भनिएको छ । जिल्लामा अधिकांश उपभोक्ता,निर्माण ब्यवसायीका म्याद समाप्तभई कानुनी समस्या सृजना हुनुका साथै विकासका कामहरु समेत प्रभावकारी नभएका युवा संघ नेपाल जिल्ला कमीटी अछामका अध्यक्ष प्रेम कुमार खत्री द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

जिल्लामा कहीले स्थानीय विकास अधिकारी लामो समय सम्म विदामा बस्दा, कहीले स्थानीय विकास अधिकारी नहुदा सेवा ग्राही सेवा बाट बञ्चीत हुने गरेका र यही कारणले जिल्ला विकास समिती बर्षेनि न्यूनतम सर्तमापनमा फेल हुने गरेको ज्ञापन पत्रमा भनीएको छ ।

जिल्लामा विकास निर्माणका कार्यहरु अधुरा हुदापनी जिल्ला बाट बर्षेनि ठूलो रकम काम गर्न नसकी फिर्ता जाने गरेको भन्दै युवा संघ अछामको यसमा गम्भिर ध्यानआकर्षण भएको युवा संघ अछामले जनाएको छ ।

सेवाग्राहीको मागलाई मध्यनजरगर्दै चाडो भन्दा चाडो अछाम जिल्लामा स्थानीय विकास अधिकारी पठाउन संघिय मामीला तथा स्थानीय विकास मन्त्रालयलाई युवा संघ अछामले ज्ञापन पत्र मार्फत जोडदार माग गरेको छ । संघले जिल्ला विकास समितीमा समेत जानकारीको लागी ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ