2026-09-15 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रसुवामा धामी–झाँक्रीभन्दा अस्पतालतर्फ विश्वास बढ्दै

काठमाडौँ | जिल्ला अस्पताल धुन्चेमा सेवाको विविधतासहित दक्ष स्वास्थ्यकर्मीको व्यवस्था भएसँगै अहिले उपचार गर्न आउने बिरामीको उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ ।

हिमाली जिल्ला रसुवामा चेतनाको अभावका कारण अस्पताल जानुको सट्टा झारफुक एवं तन्त्रमन्त्रका लागि स्थानीय धामी, झाँक्रीमा जाने परम्परागत उपचार विधिमा परिवर्तन आइ अस्पतालततर्फ मानिसको भीडभाड देखिने गरेको छ ।

रसुवा अस्पतालका सूचना अधिकारी योगेन्द्र गुर्मछान मगरका अनुसार पछिल्ला दिनमा साक्षरता दरमा वृद्धि भएको, स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण बढेको, स्थानीय जनताको आयस्रोत वृद्धि भएको, जिल्लामै व्यावसायिक हिसावले औषधि पसल खुलेको, जिल्लास्थित अस्पतालमा विविधतासहित विशेषज्ञ सेवा सुरु भएको र शिक्षा र सामाजिक सञ्जालका कारण परम्परागत उपचार पद्धतिमा भन्दा अस्पतालको सेवाप्रति विश्वास बढेको देखिन्छ ।

जिल्ला अस्पतालबाट यस वर्ष मात्र २०० भन्दा बढी सेवाग्राहीले फिजियो थेरापी सेवा लिएको, १५ महिलासहित ४३ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको, एक्स्रे, भिडियो एक्स्रे, उच्च रक्तचाप, रेविज, शर्पदंश, दक्ष जनशक्तिसहित गुणस्तरीय प्रयोगशालामार्फत कलेजो, मृगौला, कोल्स्टोर, रगत, दिशा–पिसाव परीक्षण, चिनी रोग, इसिजीलगायत चिकित्सा विज्ञानअन्तर्गतका आधुनिक सेवा जिल्लामा नै उपलब्ध रहेकाले अस्पतालतर्पm विरामीको चाप बढेको सूचना अधिकारी मगरले जानकारी दिनुभयो ।

चालु आवको १० महिनाको अवधिमा ४३९ जनालाई दाँत, ९८७ सामान्य प्रकृतिका, ५९९ ज्येष्ठ नागरिकसमेत विभिन्न तह र तप्काका गरी पाँच हजार ६५५ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको सो अस्पतालका मेडिकल अधिकृत सिजन कार्कीले बताउनुभयो । यसैगरी एक हजार २६४ लाई साधारण एक्स्रे र ७६३ जनालाई भिडोयो एक्स्रे, एक जनालाई हर्निया र २० जनालाई सामान्व शल्यकृया गरेको अस्पतालले स्प्ष्ट गरेको छ ।

विशेषगरी हिमाली जिल्लाको हावापानी र कुपोषणका कारण हुने रुघा, खाकी, निमोनिया, दम, पेटसम्बन्धी रोग, हर्निया एपेन्डिस्, हाडजोर्नी, एकस्रे र स्त्री रोगसँग सम्बन्धित समस्याबाट पीडित विरामी अस्पताल आउने गरेको मेडिकल अधिकृत सिजन कार्कीले जानकारी दिनुभयो ।

बालरोग विशेषज्ञसमेत रहनुभएका जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अच्युत पौडेलले सरकारको नीतिनिर्देशनलाई पालना गर्दै जिल्लास्थित स्थानीय निकायसहित राजनीतिक पार्टी, नागरिक समाजका प्रतिनिधिसँग समन्वय गरी जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न अस्पताल परिवार क्रियाशील रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु