Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा पाँच हजारभन्दा बढी मतदाता थपिए

२०७४, ७ भाद्र बुधबार ०४:०४

भदौ ७, जाजरकोट । जाजरकोटमा पाँच हजार भन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले भदौ ३ गतेसम्मको मितिमा संकलन गरेको तथ्याँकअनुसार जिल्लामा पाँच हजार ३९४ मतदाता थपिएका हुन् । 

यसमध्ये तीन हजार ७६ महिला र दुई हजार ३१८ पुरुष मतदाता थपिएको कार्यालयले जनाएको छ । प्रदेश तथा संघीय संसद्को चुनावलाई मध्यनजर गरी निर्वाचन आयोगको निर्णयअनुसार जिल्ला निर्वाचन कार्यालयले साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेको छ । 

कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी भेरी नगरपालिकामा दुई हजार ४४२ मतदाता थपिएका छन् भने सबैभन्दा कम जुनीचाँदे गाउँपालिकामा २०० मात्र मतदाता थपिएका छन् । 

त्यस्तै, नलगाड नगरपालिकामा ८९६, छेडागाड नगरपालिकामा ६७३, कुसे गाउँपालिकामा २५२, वारेकोट गाउँपालिकामा ३१८ र शिवालय गाउँपालिकामा ६१३ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा यसअघि स्थानीय तहको निर्वाचनका बेला जिल्लाको कुल मतदाता ८० हजार दुई भएपनि १८ वर्ष उमेर पुगेका मतदाता ७८ हजार ९५४ थिए, जसमध्ये ४२ हजार ४१० पुरुष र ३६ हजार ५४३ महिला तथा एकजना तेस्रो लिंगी रहेको कार्यालयले जनाएको छ । 

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लाका ६१ हजार ९२८ मतदाताले भाग लिएका थिए । नयाँ विवरणअनुसार जिल्लाको कुल मतदाता ८५ हजार ३९६ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिबहादुर बुढाथोकीले बताउनुभयो । उहाँले जिल्लाका सातवटै स्थानीय तहमा संकलन केन्द्र स्थापना गरेर मतदाता नामावली संकलन गरिएको बताउनुभयो । 

नागरिकताको अभाव र विदेशमा रोजगारीका लागि स्थानीय गएका कारण अझै धेरै मतदाताको नामावली संकलन हुन नसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लामा अझै २० प्रतिशत योग्य नागरिकको मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली