२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा ५ दिनदेखी सञ्चार सेवा अवरुद्ध

२०७२, २८ माघ बिहीबार १३:२३

कमल रावल/माघ २८, अछाम । अछाममा बिगत ५ दिनदेखी सबै सञ्चार सेवा प्रभावीत भएको छ ।

२४ गते राती परेको वर्षा संगै नेपाल टेलीकमको सबै सञ्चार सेवा अवरुद्ध भएको हो । पानी परेसंगै अवरुद्ध भएको बिद्युत समेत मंगलवारवाट सुचारु भएको छ भने एडिएसएल, ल्याँण्डलाईन र नमस्ते टेलिफोन सेवा अझैं सुचारु हुन सकेको छैन ।

नेपाल टेलिकमको सिंउडीमा रहेको टावरमा जडित अप्टिकल फाईवरमा आएको खरावीका कारण सेवा अवरुद्ध भएको जाँनकारी प्राप्त भएको छ । सेवा प्रभावित भएपछि सबैक्षेत्रमा सूचना–सम्पर्क र समन्वय समेत हुन नसक्दा नागरीकहरु प्रभावित भएका छन । ल्याँण्डलाईनसंगै एडिएसएल सेवा प्रभावित हुंदा बैंक तथा बित्तिय संस्थाहरुको कारोवार अवरुद्ध भएको छ भने जिल्लास्थित सञ्चार माध्ययमहरु निकै प्रभावित भएका छन ।

बिद्युत, एडिएसएल, ल्याँण्डलाईन र नमस्ते टेलिफोन सेवा प्रभावित भएपछि जनताहरु सञ्चार सुवीधावाट बञ्चित भएका छन । यस्तै, नमस्ते टेलिफोन र ल्याँण्डलाईन सेवा अवरुद्ध हुंदा जिल्ला अस्पताल अछामले सञ्चालन गरेको दादुरा–रुवेला खोप अभियान पनि प्रभावीत भएको छ ।

फोन सम्पर्क हुन नसक्दा खोपसेवावारे कुनै रिपोर्ट समेत आँउन नसकेको जिल्ला अस्पताल अछामका प्रमुख डा. शरदचन्द्र बरालले जाँनकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ