भदौ ७, कञ्चनपुर | कञ्चनपुरको पुनर्वास नगरपालिकाले आव २०७४÷७५ का लागि रु ४९ करोड २२ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । 

आन्तरिक आयतर्फ रु एक करोड आठ ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, कञ्चनपुर | कञ्चनपुरको पुनर्वास नगरपालिकाले आव २०७४÷७५ का लागि रु ४९ करोड २२ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । 

आन्तरिक आयतर्फ रु एक करोड आठ ला"/>

2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुनर्वास नगरपालिकाको बजेट रु ४९ करोड

भदौ ७, कञ्चनपुर | कञ्चनपुरको पुनर्वास नगरपालिकाले आव २०७४÷७५ का लागि रु ४९ करोड २२ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । 

आन्तरिक आयतर्फ रु एक करोड आठ लाख, राजस्व बाँडफाँडबाट रु ६० लाख, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट रु २६ करोड नौ लाख १० हजार, सशर्त अनुदान रु ११ करोड ९६ लाख ४९ हजार, सडकबोर्डबाट आउने सडक मर्मत खर्च रु १५ लाख बजेट विनियोजन गरेको छ । 

यसैगरी, सामाजिक सुरक्षा भत्ता रु सात करोड, सीमा क्षेत्र विकास कोषको रु ५६ लाख ३६ हजार तथा मौज्दात ल्याइएको गरी रु एक करोड ७७ लाख ७५ हजार बजेट विनियोजन गरिएको नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताउनुभयो । 

उहाँले विगतमा बालमैत्री, अपांगमैत्री नगरपालिका बनाउने लक्ष्य लिइएकोमा गत परिषद्ले थप ५५ शीर्षकमा स्रोत विनियोजन गरिएको र यस पुनर्वास नगरलाई बालमैत्री नगर बनाउने अभियानलाई विशेष प्राथमिकीकरणमा पार्ने गरी योजना कार्यक्रम तयार गरिएको बताउनुभयो । 

बजेटमा विद्युत् सवस्टेशनको स्थापना, विद्युत् महशुल बुझाउने काउण्टर स्थापना र जीर्ण विद्युत् लाइन मर्मत गर्ने बजेटमा व्यवस्था गरिएको छ । 

सडक पूर्वाधार विकास, कृषि उत्पादन बढाउन सिँचाइको व्यवस्था, कृषि वस्तु भण्डारण गर्न चिस्यान केन्द्र स्थापना गर्ने, नगरपालिका क्षेत्रभित्र नदी कटान, वन संरक्षण, घरेलु तथा कुटिर उद्योगको स्थापना र विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । 

मंगलबार भएको नगर परिषद्ले विनियोजित बजेट र नीति तथा कार्यक्रम पनि पारित गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो