२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

धार्मीक महोत्सवको तयारी अन्तिम चरणमा

२८ माघ २०७२, बिहीबार १३:२८

कमल रावल/माघ २८, अछाम । जिल्लाको प्रमुख ब्यापारीक केन्द्र मध्येकै एक जयगढ बजारमा यहि फागुन १ गतेदेखी सप्ताहब्यापी रुपमा लाग्ने त्रिपुरा सुन्दरी सप्ताहज्ञान महाँयज्ञ तथा धार्मीक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

जयगढ स्थित सरस्वती मन्दिरको जिर्णोद्धार गर्ने र अछामका पर्यटकीय एवम धार्मीक स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्येले आयोजना गर्न लागिएको उक्त महोत्सवको तयारी अन्र्तगत बिभिन्न कार्यहरु सम्पन्न भईसकेको महोत्सव मुल आयोजक समितीका उपाध्यक्ष डम्मर स्वारले जाँनकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका सबैजसो ईलाका र ब्यापारीक केन्द्रहरुमा महोत्सव मुल आयोजक समितीका अध्यक्ष टेक बहादुर साउद लगायत समितीका पदाधिकारीको नेतृत्वमा प्रचारप्रसार गर्ने कार्यदेखी लिएर बिभिन्न ठाँउमा गेट निर्माण र बजार सरसफाई लगायत सजावटका कार्यहरु सम्पन्न भईसकेका छन ।

बुधवार दिनभर गेट निर्माण कार्य सम्पन्न गर्नुका साथै जयगढ बजार सरसफाई गर्ने कार्य गरिएको र मण्डल निर्माण कार्य सुर गरिएको उपाध्यक्ष स्वारले बताँउनुभयो । महाँयज्ञ एवम धार्मीक महोत्सव वाट समाजमा धार्मीक चेतना जागृत गर्नुका साथै हराँउदै गएको नैतिकता, धार्मीक आस्था र पौराणिक एथार्ततालाई उजागर गर्ने लक्ष्य समेत राखीएको महाँयज्ञ मुल आयोजक समितीका अध्यक्ष टेक बहादुर साउदले बताँउनुभयो ।

महाँयज्ञ एवम धार्मीक महोत्सवमा ईलाका नम्वर ७ अन्र्तगतका सबै गाविस र अन्य आसपासका गाविसहरुवाट बिभिन्न लोक संस्कृति झल्किने साँस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिने आयोजकको भनाई छ । सबैतिर आर्थिक संकलन गर्ने र अन्य बिभिन्न लक्ष्य उद्देश्य राखेर महाँयज्ञ गर्नेक्रम चलिरहेका बेला धार्मीक आस्था, धार्मीक र ऐतिहाँसिक सम्पदाको संरक्षण, प्रचारप्रसार, पर्यटन प्रर्बदन र ऐतिहाँसिक सरस्वती मन्दिर जिर्णोद्धारको बिशाल लक्ष्य आफुहरुले पछ्यायको महाँयज्ञ तथा धार्मीक महोत्सव मुल आयोजक समितीका उपाध्यक्ष डम्मर स्वारको भनाई रहेको छ ।

धर्म जागरण, राष्ट शान्ति र पितृ मुक्तिका लागि पनि महाँयज्ञको आयोजना गरिएको जनाईएको छ । जिल्लास्थित बिभिन्न पर्यटकीय स्थलहरु रामारोशन, खप्तड, बैद्यनाथ, बान्निगढी, दर्ना पञ्चदेवल, बिनायक पञ्चदेवल, त्रिवेणि लगायत बिभिन्न एतिहाँसिक र पर्यटकिय ठाँउहरुको प्रचारप्रसार गर्दै जिल्लाको विकासमा योगदान पुर्याँन पहल गरिने आयोजक समितीले जनाएको छ ।

त्यस क्षेत्रका समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ लगायत सरोकारवालाहरुको पहलमा आयोजना भईरहेको महाँयज्ञ एवम धार्मीक महोत्सवमा आँउने सबै अतिथी लगायत राष्टिय स्तरका कलाकारहरु र सम्बद्ध सराकेकारवालाहरुलाई स्वागतका लागि जयगढ बजार दुलहीझैं सिंगारीएको स्वारले जाँनकारी दिनुभयो । फागुन १ देखी एक सातासम्म सञ्चालन हुने महोत्सवमा सहभागि हुने कालाकारहरु समेत बुधवार बेलुका जयगढ आईपुगेको जनाईएको छ ।

महाँयज्ञमा अन्तृराष्टिय भागवत भूषण आचार्य श्री नारायण शरण ज्यू (पुजय सञ्जेल ज्यू महाँराज) द्धारा भागवतको दार्शीनिक प्रर्वचन हुने प्रचार संयोजक धनराज साउदले जाँनकारी दिनुभयो । महाँयज्ञको अन्तिम तयारीबारे बिहिवार पत्रकार सम्मेलन गर जानकारी गराँईने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ