२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

धार्मीक महोत्सवको तयारी अन्तिम चरणमा

२०७२, २८ माघ बिहीबार १३:२८

कमल रावल/माघ २८, अछाम । जिल्लाको प्रमुख ब्यापारीक केन्द्र मध्येकै एक जयगढ बजारमा यहि फागुन १ गतेदेखी सप्ताहब्यापी रुपमा लाग्ने त्रिपुरा सुन्दरी सप्ताहज्ञान महाँयज्ञ तथा धार्मीक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

जयगढ स्थित सरस्वती मन्दिरको जिर्णोद्धार गर्ने र अछामका पर्यटकीय एवम धार्मीक स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्येले आयोजना गर्न लागिएको उक्त महोत्सवको तयारी अन्र्तगत बिभिन्न कार्यहरु सम्पन्न भईसकेको महोत्सव मुल आयोजक समितीका उपाध्यक्ष डम्मर स्वारले जाँनकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका सबैजसो ईलाका र ब्यापारीक केन्द्रहरुमा महोत्सव मुल आयोजक समितीका अध्यक्ष टेक बहादुर साउद लगायत समितीका पदाधिकारीको नेतृत्वमा प्रचारप्रसार गर्ने कार्यदेखी लिएर बिभिन्न ठाँउमा गेट निर्माण र बजार सरसफाई लगायत सजावटका कार्यहरु सम्पन्न भईसकेका छन ।

बुधवार दिनभर गेट निर्माण कार्य सम्पन्न गर्नुका साथै जयगढ बजार सरसफाई गर्ने कार्य गरिएको र मण्डल निर्माण कार्य सुर गरिएको उपाध्यक्ष स्वारले बताँउनुभयो । महाँयज्ञ एवम धार्मीक महोत्सव वाट समाजमा धार्मीक चेतना जागृत गर्नुका साथै हराँउदै गएको नैतिकता, धार्मीक आस्था र पौराणिक एथार्ततालाई उजागर गर्ने लक्ष्य समेत राखीएको महाँयज्ञ मुल आयोजक समितीका अध्यक्ष टेक बहादुर साउदले बताँउनुभयो ।

महाँयज्ञ एवम धार्मीक महोत्सवमा ईलाका नम्वर ७ अन्र्तगतका सबै गाविस र अन्य आसपासका गाविसहरुवाट बिभिन्न लोक संस्कृति झल्किने साँस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिने आयोजकको भनाई छ । सबैतिर आर्थिक संकलन गर्ने र अन्य बिभिन्न लक्ष्य उद्देश्य राखेर महाँयज्ञ गर्नेक्रम चलिरहेका बेला धार्मीक आस्था, धार्मीक र ऐतिहाँसिक सम्पदाको संरक्षण, प्रचारप्रसार, पर्यटन प्रर्बदन र ऐतिहाँसिक सरस्वती मन्दिर जिर्णोद्धारको बिशाल लक्ष्य आफुहरुले पछ्यायको महाँयज्ञ तथा धार्मीक महोत्सव मुल आयोजक समितीका उपाध्यक्ष डम्मर स्वारको भनाई रहेको छ ।

धर्म जागरण, राष्ट शान्ति र पितृ मुक्तिका लागि पनि महाँयज्ञको आयोजना गरिएको जनाईएको छ । जिल्लास्थित बिभिन्न पर्यटकीय स्थलहरु रामारोशन, खप्तड, बैद्यनाथ, बान्निगढी, दर्ना पञ्चदेवल, बिनायक पञ्चदेवल, त्रिवेणि लगायत बिभिन्न एतिहाँसिक र पर्यटकिय ठाँउहरुको प्रचारप्रसार गर्दै जिल्लाको विकासमा योगदान पुर्याँन पहल गरिने आयोजक समितीले जनाएको छ ।

त्यस क्षेत्रका समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ लगायत सरोकारवालाहरुको पहलमा आयोजना भईरहेको महाँयज्ञ एवम धार्मीक महोत्सवमा आँउने सबै अतिथी लगायत राष्टिय स्तरका कलाकारहरु र सम्बद्ध सराकेकारवालाहरुलाई स्वागतका लागि जयगढ बजार दुलहीझैं सिंगारीएको स्वारले जाँनकारी दिनुभयो । फागुन १ देखी एक सातासम्म सञ्चालन हुने महोत्सवमा सहभागि हुने कालाकारहरु समेत बुधवार बेलुका जयगढ आईपुगेको जनाईएको छ ।

महाँयज्ञमा अन्तृराष्टिय भागवत भूषण आचार्य श्री नारायण शरण ज्यू (पुजय सञ्जेल ज्यू महाँराज) द्धारा भागवतको दार्शीनिक प्रर्वचन हुने प्रचार संयोजक धनराज साउदले जाँनकारी दिनुभयो । महाँयज्ञको अन्तिम तयारीबारे बिहिवार पत्रकार सम्मेलन गर जानकारी गराँईने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ