भदौ ७, काठमाडौँ | नेपालले ओमनसँग श्रम सम्झौता गर्नका लागि जनशक्ति मन्त्रालयमा सोमबार मस्यौदा बुझाएको छ । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले यहाँका श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौँ | नेपालले ओमनसँग श्रम सम्झौता गर्नका लागि जनशक्ति मन्त्रालयमा सोमबार मस्यौदा बुझाएको छ । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले यहाँका श"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमनसँग श्रम सम्झौताको तयारी सुरु, ओमानका श्रममन्त्रीद्वारा नेपाली कामदारको तारिफ

७ भाद्र २०७४, बुधबार ०८:५२

भदौ ७, काठमाडौँ | नेपालले ओमनसँग श्रम सम्झौता गर्नका लागि जनशक्ति मन्त्रालयमा सोमबार मस्यौदा बुझाएको छ । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले यहाँका श्रममन्त्री अब्दुल्लाह विन नासिर विन अब्दुल्लाह अल–वर्कीलाई भेट गरी श्रम सम्झौताको मस्यौदा बुझाएकी हुन् । मस्यौदामा घरलु कामदार र औपचारिक क्षेत्रमा काम गर्ने नेपालीको हित र सुरक्षाका विषयहरू उल्लेख छन् ।

मन्त्री अब्दुल्लाहले ओमन नेपाली कामदार ल्याउन जतिसक्दो छिटो श्रम सम्झौता गर्न तयार भएको बताए । ‘हामीलाई नेपाली कामदारमाथि पूर्ण विश्वास छ । नेपालीहरू निकै इमान्दार र मिहेनती पनि छन्,’ उनले भने, ‘हामी आफैंले पनि नेपालसँग श्रम सम्झौता गर्न चाहेका छौं ।’ उनले पर्यटन, अस्पताल, सेवा क्षेत्रमा पनि नेपालीको आवश्यकता रहेकोबताए । ‘श्रम सम्झौतालाई छिटो टुंगाउन प्राविधिक समितिले काम अगाडि बढाइहाल्नेछ,’ मन्त्री अब्दुल्लाहले भने । 

ओमनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सिद्धान्तअनुसार कामदारकोसुरक्षा र हितकोपक्षमा काम गरको जनाउदै उनले भने, ‘कामदारको समस्या समाधान गर्न पनि ओमन सरकारले बलियो संयन्त्र बनाएको छ । गुनासोहरू अनलाइनबाटै लिने गरका छौं ।’ राजदूत ढकालले कामदारको सुरक्षालाई प्रत्याभूत गर्न र दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन श्रम सम्झौता गर्नुपर्ने बताएकी थिइन्। ‘श्रम सम्झौता भएपछि कामदार पठाउन कानुनी रूपमा बाटो खुल्छ,’ उनले भनिन्, ‘यसलाई छिट्टै टुंगाउन नेपाल पनि तयार छ ।’

उनले कानुनी रूपमा कामदार आउने वातावरण तयार गर्न अवैध बाटोबाट घरलु कामदार ल्याउने कार्य रोक्नुपर्नेमा जोड दिएकी थिइन्। ‘श्रम सम्झौता भएपछि घरलु कामदार पठाउन नेपाल तयार छ । अहिले ओमनमा यूएई हुँदै ल्याउने कार्य रोक्नुपर्यो,’ उनले भनिन्, ‘अवधै रूपमा आएका घरलु कामदारका कारण समस्या पनि बढिरहेकोछ ।’

ओमनमा १५ हजार ९ सय ७० नेपाली कार्यरत छन् । जसमा ५ हजार ९ सय ३४ महिला छन् । झन्डै ९५ प्रतिशत महिला घरलु कामदारका रूपमा कार्यरत छन् । ‘यहाँ निर्माण क्षेत्रमा काम गर्ने नेपालीको संख्या एकदमै कम छ । अधिकांश होटल र मार्केटकोक्षेत्रमा काम गर्छन्,’ राजदूत ढकालले भनिन्, ‘औपचारिक क्षेत्रमा काम गर्ने नेपालीको समस्या निकै कम आउने गरको छ ।’

ओमनमा ४५ लाख ८६ हजार जनसंख्या छ । ओमनी २४ लाख ८७ हजार र विदेशी कामदार २१ लाख ६ हजार रहेका छन्। सबैभन्दा बढी बंगलादेशी ७ लाख ४ हजार, भारतीय ६ लाख ८९ हजार र पाकिस्तानी २ लाख ३५ हजार कार्यरत छन्। ‘नेपाली कामदारको पनि माग छ,’ राजदूत ढकालले भनिन्, ‘श्रम सम्झौता भएपछि कानुनी आधार बन्छ । त्यसपछि प्रवद्र्धन गर्न सकिन्छ ।’ – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु