२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

राष्ट्रियताको रक्षाका लागि पार्टी एकता आवस्यकः नेता गुरुङ

३ फाल्गुन २०७२, सोमबार ०९:०८

कमल रावल/ फागुन ३ अछाम । नेकपा क्रान्तिकारी माओवादीका सचिव देव गुरुङले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि पार्टी एकताको आवश्यकता रहेको बताएका छन । पार्टीको सेती महाँकाली राज्य समितीको बैठकलाई सम्बोधन गर्नका लागि अछाम पुग्नुभएका नेता गुरुङले मंगलसेनमा सञ्चारकर्मीसंग कुरा गर्दै बैदेशीक हस्तक्षेप र चलखेललाई परास्त गर्नका लागि र राष्ट्रियतालाई बलियो बनाँउनका लागि पार्टी एकिकरण हुनुको बिकल्प नरहेको बताएका हुन ।

एमाओवादी लगायत माओवादी शक्तिहरुसंग एकताका लागि आफ्नो पार्टीले संस्थागत निर्णय गरेर छलफल चलाईरहेको भन्दै नेता गुरुङले बिचार र सिद्धान्ततः कुरा मिलाएर पार्टी एकिकरण हुनुपर्ने धारणा राखेका थिए । देशभक्त शक्तिहरु एकजुट भएर राष्ट्र र राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्ने बेला आएको बताँउदै यसमा सबैको समान धारणा बनाई पार्टीलाई एक बनाँउनका लागि बार्ता टोली मार्फत पनि छलफल र बहस भईरहेको बताएका छन । पछिल्लो समय काँग्रेस एमाले अगाडी आईसकेपछि राष्ट्रिय सार्वभौम सत्ताको रक्षा गर्न नसकेको उल्लेख गर्दै उनले त्यसका लागि सच्चा कम्यूनिष्ट माओवादीहरु अगाडि सर्नुपर्ने उल्लेख गरेका छन ।

यसैगरी बैदेशीक हस्तक्षेप बढ्दै जाँने अबस्था आएमा फेरी युद्ध पनि हुन सक्ने तर्फ संकेत गर्दै गुरुङले कुर्चीमा पुग्नका लागि नेपालका केही नेताहरुले आत्मसर्मपणबादी प्रबृति अंगाल्ने गरेकाले देशमा समस्या आईरहेको बताएका थिए । आन्तरिक समस्यामा दिल्लिलाई गुहार्ने काम पनि कोही कसैले गर्न नहुने नेता गुरुङको भनाई थियो । पूर्व कानुन मन्त्रि समेत रहेका माओवादी नेता गुरुङले बाह्य शक्तिकै कारण पहिलो संविधानसभा बिघटन भएको बताँउदै बाह्य चलखेलकै कारण भएको दोस्रो संविधानसभा निर्वाचन आफुहरुले बहिस्कार गरेको सन्र्दभ पछिल्ला घटनाक्रम संगै पुष्टि भईरहेको बताए ।

फरक प्रसंगमा नेता गुरुङले पछिल्लो समय प्रचण्डमा राष्टिय स्वाधिनताको रक्षा गर्नुपर्छ भन्ने भावना जागृत भएपनि बिप्लव र बाबुराममा त्यस्तो भावना कहिल्यै नपलाएको बताए । मुलुक जटिल मोडमा पुगेको, संकट गहिरिदै गएको र जनअधिकारको मुद्धा कुण्ठित हुनुका साथै राष्टियताको समस्या गम्भिर मोडमा पुगेको समयमा राष्टियताको मुद्धामा सबैको एकमत हुनुपर्नेमा नेता गुरुङको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ