2026-08-29 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम कांग्रेस सभापतिमा देउवा पक्षिय स्वार विजयी

कमल रावल / फागुन ५, अछाम । नेपाली कांग्रेसको १३ औं महाधिबेशन अन्तर्गत भएको अछाम जिल्ला अधिबेशनमा सभापतिमा भरतकुमार स्वार विजयी हुनुभएको छ । आज भएको दोस्रो चरणको निर्वाचनमा उहाँ बिजयी हुनुभएको हो । स्वारले ३ सय ९५ मत ल्याउँदै आफ्ना प्रतिद्धन्दी गणेशबहादुर विष्टलाई पराजित गर्नुभएको हो । विष्टले २ सय ७५ मत ल्याउनु भएको थियो ।

swar

स्वार र विष्ट दुवै देउवा पक्षिय नेता रहेको कांग्रेस अछामले जनाएको छ । दुवै देउवा पक्षिय भएपनि दुवैको सभापतिमा आकांक्षा भएपछि दुई चरण सम्म निर्वाचन गर्नुपरेको निर्वाचन समितिले जनाएको छ । ७ सय ६ प्रतिनिधि मध्ये ६ सय ६९ प्रतिनिधिले मत हालेका मुख्य निर्वाचन अधिकृत मातृका भण्डारीले बताउनु भयो । दुवै उम्मेद्धवारवीच कडा प्रतिष्पर्धा भएको थियो । दास्रो चरणमा पूर्व पाटी सभापति तथा २०४९ सालको स्थानीय निर्वाचनमार्फत जिल्ला सभापति भैसक्नु भएका स्वारले १ सय २० मत बढी ल्याई विजय हाँसिल गर्नुएको हो ।

स्वारले नेपाली कांग्रेस अछामको यस अघि ३ पटक जिल्ला सभापति भै काम गरिसक्नु भएको हो । मंगलवार सभापतिका लागि ४ जनावीच भएको प्रतिष्पर्धामा भरत स्वारले २ सय ७४ मत, गणेश बिष्टले १४९, वर्तमान सभापति पुस्प शाहले १२४, संस्थापन पक्षिय उम्मेद्धार ध्वाज बहादुर कुवरले ११४ मत ल्याउनु भएको थियो ।

मंगलबार नै भएको निर्वाचनमा सचिवमा नमबहादुर शाही २२६ मत तथा कोषध्यक्षमा झंकरबहादुर साउँद १ सय ९३ मत ल्याएर विजयी भैसक्नु भएको छ । सचिव र कोषाध्यक्ष दुवै पदका लागि ६÷६ जनावीच प्रतिष्पर्धा भएको थियो । कांग्रेस अछामको जिल्ला अधिबेशन मार्फत निर्वाचित चारै जना पदाधिकारी देउवा पक्षिय भएको कांग्रेस श्रोतले जनाएको छ । अछाममा देउवा पक्षको दबदवा रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो