२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम कांग्रेस सभापतिमा देउवा पक्षिय स्वार विजयी

५ फाल्गुन २०७२, बुधबार १०:००

कमल रावल / फागुन ५, अछाम । नेपाली कांग्रेसको १३ औं महाधिबेशन अन्तर्गत भएको अछाम जिल्ला अधिबेशनमा सभापतिमा भरतकुमार स्वार विजयी हुनुभएको छ । आज भएको दोस्रो चरणको निर्वाचनमा उहाँ बिजयी हुनुभएको हो । स्वारले ३ सय ९५ मत ल्याउँदै आफ्ना प्रतिद्धन्दी गणेशबहादुर विष्टलाई पराजित गर्नुभएको हो । विष्टले २ सय ७५ मत ल्याउनु भएको थियो ।

swar

स्वार र विष्ट दुवै देउवा पक्षिय नेता रहेको कांग्रेस अछामले जनाएको छ । दुवै देउवा पक्षिय भएपनि दुवैको सभापतिमा आकांक्षा भएपछि दुई चरण सम्म निर्वाचन गर्नुपरेको निर्वाचन समितिले जनाएको छ । ७ सय ६ प्रतिनिधि मध्ये ६ सय ६९ प्रतिनिधिले मत हालेका मुख्य निर्वाचन अधिकृत मातृका भण्डारीले बताउनु भयो । दुवै उम्मेद्धवारवीच कडा प्रतिष्पर्धा भएको थियो । दास्रो चरणमा पूर्व पाटी सभापति तथा २०४९ सालको स्थानीय निर्वाचनमार्फत जिल्ला सभापति भैसक्नु भएका स्वारले १ सय २० मत बढी ल्याई विजय हाँसिल गर्नुएको हो ।

स्वारले नेपाली कांग्रेस अछामको यस अघि ३ पटक जिल्ला सभापति भै काम गरिसक्नु भएको हो । मंगलवार सभापतिका लागि ४ जनावीच भएको प्रतिष्पर्धामा भरत स्वारले २ सय ७४ मत, गणेश बिष्टले १४९, वर्तमान सभापति पुस्प शाहले १२४, संस्थापन पक्षिय उम्मेद्धार ध्वाज बहादुर कुवरले ११४ मत ल्याउनु भएको थियो ।

मंगलबार नै भएको निर्वाचनमा सचिवमा नमबहादुर शाही २२६ मत तथा कोषध्यक्षमा झंकरबहादुर साउँद १ सय ९३ मत ल्याएर विजयी भैसक्नु भएको छ । सचिव र कोषाध्यक्ष दुवै पदका लागि ६÷६ जनावीच प्रतिष्पर्धा भएको थियो । कांग्रेस अछामको जिल्ला अधिबेशन मार्फत निर्वाचित चारै जना पदाधिकारी देउवा पक्षिय भएको कांग्रेस श्रोतले जनाएको छ । अछाममा देउवा पक्षको दबदवा रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने