२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कोईराला सरल जिवनका नायक ब्यक्ति सधैँ सम्झी रहौँँ

९ फाल्गुन २०७२, आईतवार १४:०७

कमल रावल/ फागुन ९ अछाम ।  पुर्व सञ्चार राज्य मन्त्रि गोबिन्द बहादुर शाहले स्वर्गिय नेपालि काग्रेसका सभापति एँव पुर्व प्रधानमन्त्रि शुसिल कोईरालाको असल गुणलाई आत्मसाथ गर्दै नेता कार्यकर्ता अघि बढनु पर्ने बताउनु भएको छ ।

नेपालि काग्रेस अछामले कोईरालाको १३ औँ दिनको पुण्य तिथिको अवसरमा सदरमुकाम मगलसेनमा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रमको प्रमुख अथितीको आशन बाट बोल्दै शाहले नेपालको सविधान निर्माणमा स्वर्गिय कोईरालाले महत्वपुर्ण योगदान दिएकाले यसको कार्यान्वयनका लागि सबै राजनितिक दल मिलेर जानु पर्ने बताएका थिए । कोईरालाले सत्ता र पदको लोभमा नपरि देश र जनतालाई ठुलो मान्दै काम गर्दै आएकाले उहाँको सम्मान स्वरुप सबै कामको मुल्याकन गरेर अघि बढनु पर्नेमा जोड दिनु भएको थियो ।

थुप्रै आन्दोलन, विद्रोहलाई छिचोल्दै सविधान निर्माणमा उहाँको निकै योगदान रहेकाले अबका २१ औँ २२ औँ बर्ष सम्म सविधान जिवन्त रहिरहने बताउनु भयो । जिल्ला पार्टी सभापति भरत कुमार स्वारको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अथिती पुर्व साँसद राम बहादुर बिष्टले कोईरालाले असल कार्य सबै जनतालाई छोडेर गएकाले आगामि दिनमा सच्चा सम्मानका साथ सबै मिलेर जानु पर्ने बताएका थिए ।

कार्यक्रममा पुर्व साँसद तथा राजदुत बल बहादुर कुवर, पुर्व पार्टी सभापति तथा महासमिती सदस्य पुष्प बहादुर शाह, अछाम निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुसाल, महासमिती सदस्य बल बहादुर कुवर, अनुराधा स्वार, राजन कुवर, नेपाली काग्रेस क्षेत्र नम्बर १ सभापति लक्ष्मण खडका, २ का लक्ष्मण शाह, नेकपा एमाले जिल्ला पार्टी सचिव यज्ञ बोगटी, ऐकिकृत नेकपा माओवादि जिल्ला सदस्य खगेन्द्र मान सिह, राप्रपा जिल्ला अध्यक्ष तेज बहादुर बिष्ट, नेकपा क्रान्तिकारी जिल्ला कार्यालय सचिव काशिराज जैसि, दलित संघ जिल्ला अध्यक्ष तथा महाधिबेशन प्रतिनिधी टक्कर ताम्राकार, शिक्षक संघ अध्यक्ष तथा महाधिबेशन प्रतिनिधी पदमराज अधिकारी, पत्रकार महांसघ अछामका अध्यक्ष राम बहादुर कुवर, तरुण दल अध्यक्ष प्रकाश साँउद, नेविसंघ जिल्ला सचिव टंक ढुगाना लगाएतले शोक मन्तव्य ब्यक्त गर्दै सरल जिवनका नायक कोईरालाको सधैँ जतिय बयान गरेपनि पुरा नहुने बताएका थिए ।

उहाँको योगदानलाई सधैँ स्मरण गर्दै आगामि दिनमा आफना ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर सबै राजिनितिकदल एक भएर अघि बढनु पर्नेमा बक्ताहरुको जोड रहेको थियो । सहभागि सबैले कोईरालाको फोटोमा माल्यार्पणका साथै अब्बिर पुष्प गुच्छा चढाएका थिए । कार्यक्रमको सञ्चालन सचिव नम बहादुर शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने