Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माछा मार्न गएका एक व्यक्ति नारायणी नदिमा बेपत्ता,खोजी गर्न गोताखोर परिचालन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । नारायणी नदीमा एक जना व्यक्ति बेपत्ता भएका छन्। नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-९ थुम्सीस्थित नारायणी नदीमा माछा मार्न गएका गैंडाकोट-७ का ४० वर्षीय काइँला भनिने यामलाल दराई बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डिएसपी मधु नेपालका अनुसार यामलाल शुक्रबार बेलुकी आफ्ना दुई साथीहरूसँग माछा मार्न भनेर नारायणी नदीतर्फ गएका थिए।

बेलुका ८ बजे उनी नदीमा डुबेर बेपत्ता भएका थिए। शुक्रबार खोजी गर्दा नभेटिएपछि शनिबार बिहानैबाट खोजी सुरू गरिएको डिएसपी नेपालले जानकारी दिए।खोजीका लागि सात जना प्रहरीसँगै सशस्त्र प्रहरीको गोताखोर पनि परिचालन गरिएको छ।

यामलालसँगै गएका दुई जना भने सुरक्षित छन् ।