२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आठौ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा विनायक स्रोतकेन्द्र प्रथम

२१ फाल्गुन २०७२, शुक्रबार ०२:१८

kheladiकमल रावल/फागुन २१, अछाम । अछाम जिल्लामा सम्पन्न आठौ जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग सिल्ड तथा बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा विनायक स्रोत केन्द्र प्रथम भएको छ ।

बिहिबार सम्पन्न भएको प्रतियोगितामा २२ वटा यथ्लेटिक्सका खेलहरुमा ११ वटा र छात्रा भलिवलको उपाधि समेत विनायक स्रोतकेन्द्रले हात पारेको छ भने ७ वटा खेलमा प्रथम रहदै मंगलसेन स्रोतकेन्द्रले दोस्रो स्थान हासिल गरेको छ भने छात्र भलिवलको उपाधि जिते सँगै मेल्लेख स्रोतकेन्द्र तेस्रो र जयगढ स्रोत केन्द्र चौथो भएको छ ।

समग्रमा प्रतियोगितामा विनायकले १ सय ७४, मंगलसेनले १ सय ४, मेल्लेखले ९५ र जयगढले स्रोतकेन्द्रले ९३ प्राप्ताङ्क प्राप्त गरेका छन । साथै प्रतियोगिता भरमा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा भलिवल छात्र तर्फ मेल्लेखका डम्मर बुढा, छात्रा तर्फ विनायकका राधिका धमाला र यथ्लेटिक्स तर्फ छात्र विनायकका देवराज तिमिल्सैना र छात्रा तर्फ विनायककै जानकी तिमिल्सैना घोषित भएका जिल्ला खेलकुद बिकास समिती अछामका कार्यालय प्रमुख मिन बहादुर बुड्थापाले बताउनु भयो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र उत्कृष्ट हुने सबै खेलाडीलाई शिल्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस अघि यथ्लेटिक्स तर्फको सर्टफुटमा श्रीकोटका कृष्ण खडका, १ सय मिटर दौडमा विनायकका राकेश चौधरी, २ सय मिटरमा मंगलसेनका पुष्प विक, ४ सय मिटरमा विनायकका मोहन रावत, ८ सय मिटरमा विनायकका देबराज तिमिल्सैना, १५ सय मिटरमा विनायकका किरण साउद, ३ हजार मिटरमा विनायका सुरेश तिमिल्सैना प्रथम स्थानमा रहेका छन ।

त्रिपल जम्पमा विनायकका देवराज तिमिल्सैना,लँगजम्पमा मगलसेनका पुरन भाट र हाईजम्पमा विनायकका कृष्ण तिमिल्सैना प्रथम स्थानमा रहेका छन । यस्तै छात्रा तर्फको सर्टफुटमा मंगलसेनका इन्द्रा भाट, १ सय मिटर दौडमा विनायका जानकी तिमिल्सैना, २ सय मिटरमा विनायकका जानकी तिमिल्सैना, ४ सय मिटरमा जयगढका अनिता भुल, ८ सय मिटरमा जयगढका अम्बीका बोहरा, १५ सय मिटरमा मगलसेनका प्रतिमा शाही, ३ हजार मिटरमा मगलसेनका टँक थ्यायत प्रथम स्थानमा रहन सफल भएका छन ।

यस्तै लँगजम्पमा विनायकका पार्वति तिमिल्सैना, हाईजम्पमा मगलसेनका निर्मला बिष्ट, त्रिपल जम्पमा विनायकका राधिका धमाला, र ज्यावलिँग थ्रोमा मगलसेनका ईन्द्रा भाट प्रथम हुनु भएको छ । भने छात्रा भलिवलको प्रथम स्थान विनायक स्रोत केन्द्रले आगटेको छ भने छात्रको मेल्लेख स्रोतकेन्द्रले प्रथम स्थान हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ